अमेरिकामा आप्रवासीलाई सङ्कट

अमेरिकामा आइआरएस र आइस बिच सम्झौता, आप्रवासीलाई थप सङ्कट

आप्रवासन आप्रवासन

अमेरिकामा आप्रवासीमाथि थप कठिन हुने देखिएको

अमेरिकाको इन्टरनल रेभिन्यु सर्भिसआइआरएस  इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट,आइस बिच एक सम्झौता हुन लागेको जसले आप्रवासीलाई थप अप्ठ्यारो पार्ने देखिन्छ

प्रस्तावित सम्झौतामा आइआरएसले आइसलाई करदाता डाटा प्रयोग गर्न दिने उल्लेख यदि त्यसो भएमा कागजात नभएका आप्रवासीहरूको नाम, ठेगानासहित व्यक्तिगत विवरण सहजै आइससँग पुग्ने

त्यसमार्फत आइसले गोप्य करदाता डाटाबेससँग ती विवरणहरूलाई जाँच गरी आप्रवासीको थप विवरण प्राप्त गर्न सक्ने छन् जसले अवैध आप्रवासी पक्राउलाई थप सजिलो बनाइदिने

अमेरिकामा लामो समयदेखि व्यक्तिको कर सम्बन्धी जानकारीलाई गोप्य तथा सुरक्षित मानिन्छ कागजात नभएका आप्रवासीहरूले वैध कागजात नभए पनि आइआरएसलाई कर तिर्दै आएका छन्

तर ती निकाय बिच हुने भनिएको सम्झौताले अमेरिकामा रहेका नेपालीसहितका आप्रवासीहरूमा भय बढेको