पुनः युद्धमा इजरायल,

लेबनान र हमाससँग पुनः युद्धमा इजरायल, विपिनको रिहाइ अनिश्चित

आप्रवासन आप्रवासन

इजरायल लेबनान र हमाससँग पुनः युद्धमा होमिएको छ । गत नोभेम्बरमा इजरायल र लेबनान बिच युद्ध विराम सम्झौता भएको थियो ।

तर लेबनानबाट थुप्रै रकेट प्रहार भएको भन्दै इजरायलले लेबनानमा भीषण हवाई आक्रमण गरेको छ। जसमा ७ जना लेबनानीको ज्यान गएको छ भने ४० जना बढी घाइते भएका छन्।

यद्यपि, इजरायलमाथि रकेट प्रहारको जिम्मेवारी भने कसैले लिएका छैनन्।

उता, इजरायल र हमास पनि लडाइँमा फर्किएका छन् ।

गत मंगलबारदेखि इजरायलले गाजामा सैन्य आक्रमण सुरु गरेको छ । जसको जवाफमा शुक्रबार हमासले इजरायलमा ३ वटा रकेट प्रहार गरेको थियो ।

हमासले हानेको ३ क्षेप्यास्त्रमध्ये एउटा रोकिएको र बाँकी २ मानव नबस्ने ठाउँमा खसेको इजरायलले बताएको छ । इजरायको आक्रमणबाट गाजामा ५९१ जनाको मृत्यु भइसकेको छ ।

पुनः युद्ध छेडिएपछि हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइ थप अनिश्चित बनेको छ । २ बिच जनवरीमा युद्ध बिरामको सम्झौता भएको थियो जसमा दुवैले बन्दी रिहा गरेका थिए । सोही क्रममा विपिन छुट्ने अपेक्षा भए पनि त्यसो हुन सकेन ।

हमाससँग विपिनसँगै ५९ जना बन्धक रहेको अनुमान छ ।

इजरायल पुनः युद्धमा फर्किएसँगै इजरायलमा र लेबनानमा रहेका नेपालीको सुरक्षा जोखिम समेत बढेको छ ।