क्यानडामा घर भाडा दर पछिल्ला २० महिनायताकै न्यून स्तरमा झरेको छ ।
भाडा सुची प्रकाशित गर्ने संस्थाहरूको पछिल्लो प्रतिवेदन अनुसार औसत मासिक भाडा दर २ हजार ८८ क्यानेडियन डलर पुगेको हो । यो भाडा दर गत वर्षको तुलनामा ४.८ प्रतिशत ले कम हो ।
यस्तै, एक बेडरूम अपार्टमेन्टको भाडा दर प्रतिशतले घटेर फेब्रुअरीमा औसत १८ सय ५० क्यानेडियन डलर पुगेको छ ।
क्यानेडेली सरकारको नयाँ भिसा नीतिका कारण अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सङ्ख्या घटेको छ जसको प्रत्यक्ष प्रभाव भाडा बजारमा परेको हो ।
जनवरी २०२४ मा सरकारले अन्तर्राष्ट्रिय विद्यार्थी भिसाको सङ्ख्या सीमित गर्ने नीति लिएको थियो, जसले गर्दा विदेशबाट आउने विद्यार्थी सङ्ख्या ४५ प्रतिशतले घट्ने अनुमान गरिएको थियो ।
विद्यार्थी सङ्ख्या घट्दै जाँदा, विशेष गरी ओन्टारियो र ब्रिटिस कोलम्बियाजस्ता स्थानमा भाडा दरमा अन्तर परेको छ ।
सरकारले विद्यार्थी भिसामा अझै कडाइ गरेमा क्यानडाका ठुला सहरहरूमा भाडा दर अझै घट्ने विज्ञहरूको भनाई छ ।