तनाव कम गर्ने उपाय

तनाव कम गर्ने ११ प्रभावकारी उपाय

आप्रवासन आप्रवासन

अत्यधिक तनावले शारीरिक र मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्छ । तनावको कारण विभिन्न हुन सक्छ । कारण पहिचान गरी तनाव घटाउन सकिन्छ । यदि कारणको पहिचान नभएमा पनि तुरुन्तै तनाव घटाउन सकिन्न ।

यो भिडियोमा हामी तनाव कम गर्ने ११ सजिलो उपायबारे कुरा गर्दै छौ । 
१.विश्राम लिनुहोस्, काममा व्यस्त रहँदा बिच–बिचमा आराम गर्नुपर्छ । पर्याप्त विश्रामले तनाव घटाउन मद्दत गर्छ ।
२.साथीभाइसँग समय बिताउनुहोस्, मिल्ने साथीहरूसँग खुलेर कुरा गर्दा मन हल्का हुन्छ, जसले तनाव कम गर्छ ।
३.अनावश्यक विवादबाट टाढा रहनुहोस्, सरोकार नभएका झगडा वा विवादमा नअल्झनुहोस्, यसले अनावश्यक तनावबाट जोगाउँछ ।
४.पुराना कुराहरू बिर्सनुहोस्, विगतका चिन्ताले तपाईँलाई कमजोर बनाउन सक्छ, त्यसैले वर्तमान र भविष्यमा ध्यान दिनुहोस् ।
५.खुलेर हाँस्नुहोस्, हाँस्दा शरीरमा सकारात्मक हार्मोनहरू स्राव हुन्छन्, जसले मन प्रसन्न बनाउँछ ।
६.मदिरा पानबाट टाढा रहनुहोस्, तनाव हटाउने बहानामा अत्यधिक मदिरा सेवन गर्नाले स्वास्थ्य, परिवार, र आर्थिक अवस्थामा नकारात्मक असर पार्छ ।
७.कफी र चियाको सेवन कम गर्नुहोस्, अत्यधिक क्याफिनले शरीर डिहाइड्रेट गर्छ र निद्रामा असर पार्छ, जसले तनाव बढाउन सक्छ ।
८.अत्यधिक भावुक नबन्नुहोस्,स–साना कुराले अत्यधिक भावुक हुनु तनावको कारण बन्न सक्छ, त्यसैले ध्यान अन्यत्र मोड्ने प्रयास गर्नुहोस् ।
९.डाक्टरसँग परामर्श लिनुहोस्, यदि तनाव अत्यधिक हुँदै छ र निद्रामा समस्या आइरहेको छ भने मानसिक स्वास्थ्य विशेषज्ञको परामर्श लिनुपर्छ ।
१०.पर्याप्त निद्रा लिनुहोस्, दैनिक कम्तीमा ६–८ घण्टा सुत्नुपर्छ, नत्र मानसिक तनाव झन् बढ्न सक्छ ।
११.नियमित व्यायाम गर्नुहोस्,योग वा व्यायामले शरीरमा अक्सिजनको मात्रामा वृद्धि गर्छ, जसले तनाव कम गर्न मद्दत गर्छ ।