मलेसियामा नेपाली

मलेसियामा १७ सय रिगेंट नपाएका नेपालीलाई उजुरी गर्न आव्हान

आप्रवासन आप्रवासन

मलेसियामा कार्यरत नेपाली श्रमिकले तोकिएको न्यूनतम तलब नपाएको गुनासो बढेपछि मलेसियास्थित नेपाली दूतावासले गुनासो टिपाउन आव्हान गरेको छ । दूतावासले लिङ्क उपलब्ध गराउँदै अनलाइन फाराममार्फत कम्पनी बारे उजुरी गर्न अपिल गरेको हो।

दूतावासले फाराममार्फत श्रमिकको परिचय, पासपोर्ट तथा सम्पर्क नम्बर, कम्पनीको नाम, डाइरेक्टर वा एचआरको नाम र सम्पर्क नम्बर तथा समस्याको विवरण माग गरेको हो ।

दूतावासले फाराम भर्नेहरूको परिचय गोप्य राखिने समेत स्पष्ट पारेको छ । अनलाइनमार्फत प्राप्त हुने गुनासो सङ्कलन गरी समाधानका लागि पहल थाल्ने दूतावासको योजना छ ।

मलेसिया सरकारले गत फेब्रुअरी महिनादेखि स्वदेशी तथा विदेशी श्रमिकको न्यूनतम तलब १७ सय रिंगेट निर्धारण गरेको छ ।

तर सुरक्षा गार्डसँगै अन्य केही क्षेत्रमा कार्यरत नेपाली श्रमिकले न्यूनतम तलब नपाएको गुनासो गर्दै आएका छन् ।

तलब नपाएको विषयमा उजुरी गर्दा कामबाटै निकालिने हो कि भन्ने भय नेपाली श्रमिकमा देखिन्छ । जसले गर्दा न्यूनतम तलब पनि नपाउने र त्यस विरुद्ध उजुरी समेत गर्न नसक्ने अवस्थामा नेपाली श्रमिक रहेको पाइएको छ ।