प्रधानमन्त्रीलाई प्रश्न

प्रधानमन्त्रीलाई प्रश्न-कक्षा १२ सकिने बित्तिकै युवा विदेशिने क्रम कहिले रोकिन्छ ?

आप्रवासन आप्रवासन

सांसद भगवती चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कक्षा १२ सकिने बित्तिकै युवाहरू विदेश जाने क्रम रोक्न सरकारले के गर्दै छ भनेर प्रश्न गरेकी छिन् ।

प्रतिनिधि सभाको आजको बैठकमा जारी  ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ मा सांसद चौधरीले विदेश पलायनले कृषि जमिन बाँझो हुने अवस्था रहेको भन्दै त्यस बारे सरकारको धारणा मागेकी हुन् ।

जवाफमा प्रधानमन्त्री ओलीले भने, ‘केही बाहिर जाने त ठिकै हो, तर ठुलै सङ्ख्यामा बाहिर जाने काम भइरहेको छ ।

खेतहरू बाँझो भएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘खेत छ त्यहाँ उत्पादन गर्नुपर्ने ठाउँमा त्यो छाडेर ऋण काढेर बाहिर जानु, तल्लो बाटोबाट अमेरिका पुग्नु र निष्कासन भएर आउनु उचित होइन ।’

प्रधानमन्त्री ओलीले यस्ता गतिविधि हुनुमा चेतनाको कमी भएको धारणा राखेका छन् ।