सासंदहरुले गैर आवासीय नेपालीलाई नेपाल आउन भिसा चाहिने प्रावधान हटाउन सरकारसँग माग राखेका छन् ।
सोमबार प्रतिनिधि सभाको बैठकमा ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै सासंदहरुले सो माग राखेका हुन् ।
सासंदहरुले संविधानले नै गैर आवासीय नेपालीलाई नागरिकता दिने व्यवस्था गरेकाले भिसाको प्रावधान संविधानसँग बाझिएको धारणा राखेका हुन् ।
सरकारले प्रस्ताव गरेको ऐनले गैर आवासीय नेपालीलाई दश वर्षसम्म निःशुल्क भिसा उपलब्ध गराउने व्यवस्था छ ।