शान्ति पक्रिया

फिलिपिन्सबाट पाठ सिकेर शान्ति पक्रियाको काम टुङ्ग्याऔँ-सांसद

आप्रवासन आप्रवासन

फिलिपिन्सका पूर्व राष्ट्रपतिको घटनाबाट पाठ सिकेर तत्काल शान्ति पक्रियाको बाँकी काम सम्पन्न गर्नुपर्ने विषय संसदमा उठेको छ । प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै नेकपा एमालेका सांसद एकनाथ ढकालले सरकार र तत्कालीन माओवादी मिलेर तत्काल शान्ति पक्रियाको काम टुङ्ग्याउन आवश्यक रहेको बताएका हु ।

हालै मात्र फिलिपिन्सका पूर्व राष्ट्रपति रोड्रिगो दुतेर्ते पक्राउ परेका छन् । अन्तर्राष्ट्रिय अपराध न्यायालय (आइसिसी)ले उनीविरुद्ध मानवताविरुद्धको अपराधको आरोपमा पक्राउ पुर्जी जारी गरेको थियो ।

दुतेर्तेको उदाहरण दिँदै तत्काल शान्ति पक्रियाको काम सम्पन्न नभए त्यसले अन्तर्राष्ट्रिय रूपमा गम्भीर परिणाम निम्त्याउन सक्ने ढकालको भनाई छ ।