नेपाल एयरलाइन्सको घाटा

सांसदको प्रश्न-अरू नाफामा हुँदा नेपाल एयरलाइन्स किन घाटामा ?

आप्रवासन आप्रवासन

नेपाल एयरलाइन्सको घाटामा रहेको विषय संसद्मा उठेको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै स्वतन्त्र सांसद प्रभु साहले अरू एयरलाइन्सहरू नाफामा हुँदा नेपाल एयरलाइन्स किन घाटामा छ भनेर प्रश्न गरेका हुन् ।

नेपाल एयरलाइन्सका आन्तरिक जहाजहरू थन्काइएको विषय गम्भीर रहेको सांसद साहको भनाई छ ।

सरकार स्वयं नेपाल एयरलाइन्स डुबाउन तत्पर रहेको आरोप समेत सांसद साहले लगाएका छन् ।

नेपाल एयरलाइन्समा भएका बेथितिको जवाफ कोसँग माग्ने भनेर प्रश्न गर्दै नेपाल एयरलाइन्सको विषयमा रुलिङ गर्न सभामुखसँग माग समेत गरे ।