विभिन्न प्रयोजनको लागि जापानसम्मको यात्रा गर्दै हुनहुन्छ भने आफूले प्याक गरेका सामान प्रति सतर्क हुनुहोस् । जापानका भन्सार अधिकारीहरूले तपाईँको लगेज राम्ररी जाँच गर्छन् ।
जापान भन्सारले विभिन्न वस्तुहरूमा प्रतिबन्ध लगाएको छ । चाहे त्यो तपाईँ सधैँ आफूसँग राख्ने वस्तु होस् वा साथीलाई दिने उपहार होस्, यदि त्यो जापानी कानुनअनुसार निषेध गरिएको छ भने, जफत गरिन्छ ।
कतिपय अवस्थामा, तपाईँलाई सजायसमेत हुनसक्छ वा जापान प्रवेश गर्न नदिइन सक्छ ।
यात्राको क्रममा तपाईँलाई यो जानकारी एयरपोर्ट मै पनि नेपाली वा अङ्ग्रेजी भाषामा जानकारी गराइन्छ ।
यस्तो अनाउन्समेन्टलाई ध्यान दिएर सुनेर आफूसँग त्यस्तो सामाग्री भएमा एयरपोर्ट मै सम्बन्धित हेल्पडेस्क हुन्छ । त्यहाँ गएर चेकजाँच गराउनुहोला ।
यो भिडियोमा हामी जापान भन्सारले मासुजन्य पदार्थमा लगाएको प्रतिबन्धबारे जानकारी गराउँदैछौ ।
कृषि रोगहरूको जोखिमका कारण, काँचो मासु, प्रशोधन गरिएका वस्तुहरू, हावा नछिर्ने गरी प्याक गरिएका वस्तुहरू तथा विमानभित्र बाँकी रहेको खाना लैजान रोक लगाइएको छ ।
गाई, भैँसी, बाख्रा, भेडा, हरिण, कुखुरा, टर्की, बट्टाई, हाँस, खरायो, घोडा, कुकुर आदिबाट बनेका वस्तुहरू जस्तै मासु, आन्द्रा, हड्डी, बोसो, रगत, छाला, प्वाँख, सिङ, खुर, टेन्सन, काँचो दूध, वीर्य, निषेचित अण्डा, मलमूत्र समेत लैजान पाइदैन ।
यस्तै दुग्धजन्य पदार्थमा व्यक्तिगत प्रयोगको लागि १० केजी वा सोभन्दा कम मात्र अनुमति लैजान अनुमति हुन्छ ।