रुस-युक्रेन युद्धविराम

युद्धविरामको प्रस्तावलाई सकारात्मक भन्दै रुसले राख्यो यस्ता सर्त

आप्रवासन आप्रवासन

रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले युद्ध विराम सम्बन्धी अमेरिकी प्रस्ताव सकारात्मक भएको प्रतिक्रिया दिएका छन् ।

मस्कोमा पत्रकार सम्मेलनमा बोल्दै पुटिनले ३० दिने युद्ध विराम प्रस्ताव सकारात्मक भए पनि सम्झौता अघि धेरै विषयवस्तुमा थप छलफल आवश्यक रहेको बताएका हुन् ।

पुटिनले युद्ध विरामको प्रस्तावमा सैद्धान्तिक समर्थन रहेको बताए पनि युद्ध विराम लागु भएमा कुरस्क र अन्य क्षेत्रहरूको परिस्थिति कसरी विकसित हुन्छ भनेर प्रश्न गरेका छन् ।

पुटिनले यस विषयमा अमेरिकी राष्ट्रपतिसँग टेलिफोनमा कुराकानी गर्ने भनेका  छन् ।

अमेरिकाले ३ वर्षदेखि जारी रुस युक्रेन द्वन्द्व अन्त्यका लागि ३० दिने युद्ध बिरामको प्रस्ताव अघि सारेको छ । प्रस्तावमा युक्रेन सहमत भइसकेको छ ।

रुसले भने युक्रेनलाई नेटो सदस्य बनाउन नहुने, युक्रेनी भूभागमा अरू देशका सेना परिचालन गर्न नहुने र क्राइमिया लगायत चार युक्रेनी भूभागहरू रुसको हो भनेर अन्तर्राष्ट्रिय मान्यता स्थापित गर्नुपर्ने अडान राख्दै आएको छ ।

 युद्ध विराम प्रस्तावमा सहमत गराउन र शान्ति वार्ता गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो एक टोली रुस पठाएका छन्