नेकपा एमालेकी सांसद सरस्वती सुब्बाले सरकारले आयोजना गर्न लागेको सगरमाथा संवादअघि चीन र भारतसँग संवाद गर्न जरुरी रहेको बताएकी छिन् । प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद सुब्बाले भारत र चीन छिमेकी मात्र नभएर ठुलो औद्योगिक शक्ति राष्ट्र समेत भएको भन्दै जलवायु सन्तुलनमा उनीहरूको योगदान अनिवार्य हुनुपर्ने बताएकी हुन् । छिमेकी देशहरूसँग छलफल हुन सकेको खण्डमा जलवायु परिवर्तनका साझा चुनौती हल गर्न सहज हुने भन्दै संवादअघि बढाउनु पर्ने सांसद सुब्बाको भनाई छ ।