राष्ट्रिय स्वतन्त्र पाटीका सांसद स्वर्णिम वाग्लेले सबै सासंदहरुलाई तनहुँको बन्दीपुर भ्रमण गर्न निम्तो दिएका छन् ।
प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद वाग्लेले सन् २०२५ लाई बन्दीपुर भ्रमण वर्ष मनाइरहेकाले सबैलाई भ्रमण गर्न आमन्त्रण गर्न चाहेको बताएका हुन् ।
उनले विगत २५ वर्षदेखि पर्यटकीय दृष्टिले बन्दीपुरको पुनर्जागरण समेत भइरहेको बताए ।