नेपालीलाई रुस लगायत मुलुक पुर्याउने क्रम बढेको भन्दै संसद्मा कारबाहीको माग उठेको छ ।
प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा बोल्दै नेकपा एमालेकी सांसद ईश्वरी घर्तीले द्धन्द्धग्रस्त मुलुक पुर्याउने एजेन्टहरूको पहिचान खुलाई कारबाही गर्नुपर्ने माग राखेकी छिन् ।
सांसद घर्तीले एजेन्टहरूले महिनैपिच्छे हजारौँ नेपालीलाई अवैध रूपमा रुस लैजाने क्रम बढेको भन्दै त्यो रोक्न सरकारसँग माग समेत गरेकी छिन् ।