नेपालीको अमेरिकी सपना

डुङ्गाबाट अमेरिका छिर्न खोज्ने २ नेपालीसहितका आप्रवासीमाथि गोली प्रहार

आप्रवासन आप्रवासन

अमेरिकी फौजले विना भिसा डुङ्गामार्फत अमेरिका छिर्न खोज्ने नेपालीसहित जना आप्रवासीलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको पाइएको

उनीहरूलाई गएको फेब्रुअरी २६ मा अमेरिकी भन्सार तथा सीमा सुरक्षा सीबीपीले पक्राउ गरेको हो उनीहरू क्यालिफोर्नियाको सान डिएगो क्षेत्रबाट प्रवेश गर्न खोज्ने क्रममा नियन्त्रणमा लिइएको हो

डुङ्गामा नेपालीसहित जना ब्राजिल, जना मेक्सिको एक जना चीनका आप्रवासी सवार रहेको जनाइएको उनीहरूको परिचय भने खुलाइएको छैन गोली प्रहारबाट नेपालीसहितका आप्रवासी घाइते भए नभएको समेत यकिन छैन

हाल उनीहरूलाई सीबीपीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको बताइएको

अमेरिकामा जलमार्ग हुँदै अनुमति बिनाको प्रवेशलाई गम्भीर अपराधका रूपमा लिइन्छ त्यस्तो अपराधमा न्यूनतम देखि अधिकतम १० वर्षसम्म सजायको व्यवस्था

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता सम्हालेसँगै स्थल मार्ग बाट हुने अवैध प्रवेशमा व्यापक कडाइ गरिएको जसले गर्दा मानव तस्करहरूले आप्रवासीहरूलाई जलमार्ग हुँदै अमेरिका छिराउने नयाँ बाटो प्रयोग गर्न थालेका छन्

जसले गर्दा सुरक्षा फौजले जलमार्ग बाट हुने अवैध प्रवेशलाई नियन्त्रणका अपरेसनहरू बढाउँदै लगेका छन्