प्रहरीले त्रिभुवन विमानस्थलको सुरक्षा व्यवस्थापनमा कडाइ गरेको छ । पोखराबाट काठमाडौँ फर्किने तयारीमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्ने तयारी भएपछि विमानस्थलमा कडाइ गरिएको हो।
अहिले हवाई टिकट भएका यात्रु र स्टाफ बाहेक अन्यलाई विमानस्थल भित्र छिर्ने निषेध गरिएको छ । विमानस्थलले प्रवेश रोक्दा विदेश उड्न ठिक्क गएका यात्रुका आफन्तले समेत प्रवेश पाएका छैनन् ।
विमानस्थलमा सुरक्षा जोखिम बढेको भन्दै कडाइ गरिएको प्रहरीले जनाएको छ । विमानस्थलमा कुनै किसिमको हुलहुज्जतपूर्ण तथा सामाजिक मर्यादा विपरीतका कार्य हुन नदिन विमानस्थल वरपर प्रहरी परिचालन समेत बढाइएको छ ।
यस्तै, प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि महाराजगन्जस्थित निर्मल निवाससम्मको क्षेत्रलाई उच्च सुरक्षा संवेदनशील मान्दै सुरक्षा व्यवस्था कडा पारेको छ ।
एक महिना लामो पोखरा बसाइ सकेर पूर्वराजा शाह आज अपराह्न काठमाडौँ फर्किने कार्यक्रम छ । उनी फर्किँदा राप्रपा, राप्रपा नेपाल, दुर्गा प्रसाईँ लगायतका राजावादी समूहले पूर्वराजालाई विमानस्थलमा स्वागत गर्ने तयारी गरेका छन्