मोटोपनले स्वास्थ्यमा विभिन्न समस्या उत्पन्न गर्न सक्छ। उच्च रक्तचाप, मधुमेह, उच्च रक्त कोलेस्ट्रोल, हृदयाघातजस्ता रोगको जोखिम कम गर्न तौल नियन्त्रणमा राख्नु आवश्यक छ ।
तौल घटाउन विभिन्न उपाय अपनाउन सकिन्छ, तर केही कुरामा विशेष ध्यान दिनुपर्छ ।
तौल नियन्त्रण गर्न खान सकिने उपयुक्त खाने कुराहरू छन् ।
–हरियो तरकारी सलाद जस्तै गाँजर, मुला, काँक्रो, टमाटर माछा यी खानाहरू प्रशस्त खान मिल्छ ।
सीमित मात्रामा खान मिल्ने
–दूध: दैनिक २५० मिलिमिटरसम्म खानुपर्छ । दूधको मात्रामा चिया–कफीमा मिसाउनेलाई गन्ती गर्नुपर्ने छ ।
–बटर, घ्यू, तेल, क्रिम: दैनिक २–३ सानो चम्चासम्म
–सुख्खा गहुँको रोटी: दैनिक ३–४ वटा
–ब्राउन ब्रेन दैनिक ३–४ टुक्रा खान सकिन्छ । यस्तै दाल भात पनि आरामले खान सकिन्छ । तर यसमा ध्यान दिनुपर्ने कुरा भनेको खानाको मात्रा । दाल, भात दैनिक १ कचौरा, आलु मिसाइएका वा आलुका परिकार खाने भए मझौला आकारका दैनिक २ वटासम्म खान सकिन्छ । तर अत्यधिक नियन्त्रण गर्नुपर्ने खाना भनेका गुलियो बिस्कुट, केक, बेकरीका खानेकुरा, आइसक्रिम, चिनी, चकलेट, मिठाई, जाम, घ्यू, तेलमा तारेका खानेकुरा धुम्रापन र मध्यपान हुन् ।
तौल घटाउँदा खानासँगै हाम्रो शारीरिक व्यायाममा पनि उत्तिकै ध्यान दिनुपर्दछ ।
तौल घटाउँदा ध्यान दिनुपर्ने कुरा:
–बिहान हिँड्ने वा हल्का व्यायाम गर्ने बानी बसाल्नुपर्छ ।
–व्यायाम सकेपछि नियमित नुहाउँदा शरीर ताजा र फुर्तिलो रहन्छ ।
–योगा सन र प्राणायामबाट पनि तौल घटाउन सकिन्छ ।
–छिट्टै तौल घटाउन भोकै बस्नु उपयुक्त होइन । यसले स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ ।
–हप्तामा एक किलोग्रामभन्दा बढी तौल घटाउनु उपयुक्त मानिँदैन ।
–दैनिक ३–४ पटकभन्दा बढी खाना खानु हुँदैन । नियमित रूपमा निश्चित मात्रामा खानुपर्छ ।
–भोक लागेमा गाँजर, काँक्रो, कागतीको सर्बत जस्ता कम क्यालोरी दिने खानेकुरा खान सकिन्छ ।
–बेलुका ७ बजेभित्र खाना खानु उपयुक्त हुन्छ । खाना खाएपछि तत्कालै सुत्नु हानिकारक हुन सक्छ ।