नेकपा माओवादी केन्द्रकी सांसद छिरिङ लामु लामा तामाङले नेपालको हवाई क्षेत्र बेवारिसे बनाएको विषयमा पनि प्रश्न गरेकी छिन् । सांसद तामाङले बिहीबार बुद्ध एयरको एक जहाजको एउटा पाङ्ग्रा जनकपुरमै छुटेर आयो भन्ने सुन्दा यात्रुको मनमा भुईँचालो नै आएको बताइन् ।
“यो सुन्दा हजारौँ यात्रुको मनमा भुईँचालो गयो होला, मेरो पनि त्यस्तै भयो,” उनले भनिन् ।
उनले रनवेबाट पाङ्ग्रा समयमै निकाल्दा अर्को खतरा टरेको पनि बताइन् ।
बिहीबार बेलुका ५ः४५ को उडानका क्रममा बुद्धको ९ एनएएनएच विमानको अगाडिको एउटा टायर जनकपुरमा नै छुटेको थियो ।
तर, विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित रूपमा अवतरण गर्न सफल भएको थियो ।