राष्ट्रिय प्रजातन्त्र पार्टीका सासंद दीपक सिंहले भारतको प्रयागराजमा हालै सम्पन्न महाकुम्भबाट सिकेर नेपालले पर्यटन प्रवर्द्धन गर्न आवश्यक रहेको बताएका छन् ।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै सासंद सिंहले महाकुम्भमा भारत सरकारले गरेको लगानीले सकारात्मक प्रभाव परेको औँल्याउँदै नेपालले धार्मिक पर्यटन गर्नु पर्नेमा जोड दिए ।
"नेपालको समृद्धिका लागि ३ करोड मात्र नेपालको धार्मिक तीर्थस्थलहरुमा ल्याउन सक्यो भने, देशको समृद्धि र उन्नतीको लागि धेरै टेवा पुग्ने छ", उनले भने ।
उनले यस विषयमा सासंदहरु सत्ता प्रतिपक्षमा विभाजित नभई एक भएर लाग्नु पर्ने समेत बताएका छन् ।