नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले हातमा हत्कडी र नेल लगाएर नेपालीलाई फिर्ता गर्नु मानवअधिकार विपरीत रहेको बताएका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्ने क्रममा सांसद पौडेलले अमेरिकाबाट नेपालीहरू निकै अपमानजनक तरिकाले हातमा हत्कडी र नेल लगाएर फिर्ता हुनु परेको भन्दै यसलाई मानवअधिकारका अन्तर्राष्ट्रिय स्थापित मूल्यमान्यता विपरीत भएको बताएका हुन ।
सांसद पौडेलले विदेशमा रहेका नेपालीहरूको अवस्थाबारे जानकारी लिनका लागि ‘अन्तर्राष्ट्रिय सेल’ गठन गर्न माग समेत गरेका छन् ।
विदेशमा रहेका नेपालीहरूको अवस्था बुझनका लागि सरकारले तुरून्तै परराष्ट्र मन्त्रालयमार्फत गम्भीर प्रकारको अन्तर्राष्ट्रिय सेल गठन गरेर नेपालीहरूको सुरक्षा गर्न पहल कदमी लिनुपर्ने उनको भनाइ छ ।