अमेरिकाले डिपोट गरि नेपाल फर्काइएकाहरुले आफुहरुलाइ नेपालमा माओवादीबाट खतरा रहेको बयान दिएका छन् । बुधबार नेपाल डिपोट गरिएका ९ जनालाई विमानस्थल प्रशासनले मानव बेचविखन अनुसन्धान व्यूरोको जिम्मा लगाएको थियो ।
व्यूरोको सोधपुछमा उनीहरुले नेपालमा माओवादीबाट ज्यान जोखिममा रहेको दाबी गर्दै अमेरिकामा एसाइलम मागेको बताएका हुन्।
तर, माओवादी लगभग दुई दशकअघि शान्ति प्रक्रियामा आइसकेको र अमेरिकी सरकारले पनि माओवादीलाई आतंककारी सूचीबाट हटाइसकेको कारण, उनीहरूको एसाइलम अनुरोध अस्वीकृत भएको थियो । सोधपुछका क्रममा उनीहरु मानव तस्करलाई ५० देखि ९० लाख रुपैयाँसम्म तिरेर मेक्सिको हुँदै अमेरिका प्रवेश गरेको समेत खुलासा भएको छ ।
अमेरिका छिर्नासाथ उनीहरूलाई सिमाक्षेत्र सुरक्षाकर्महरुले पक्राउ गरि इमिग्रेशन एण्ड कस्टम्स इनफोर्समेन्टको जिम्मा लगाएको थियो ।
राष्ट्रपति जो बाइडेन प्रशासनकै पालामा पक्राउ गरिए पनि प्रक्रिया पूरा भएपछि हाल ट्रम्प प्रशासनको कार्यकालमा देशनिकालामा उनीहरु परेका हुन् ।
पछिल्लो समय ट्रम्प प्रशासनले पनि एसाइलमका नियम कडा पार्दै देशनिकालाको प्रक्रिया तीव्र बनाएको छ ।