खाडी देशमा रहेका नेपाली दूतावासहरुले मुस्लिम धर्मवालम्बीहरुको पवित्र महिना रमजानमा विशेष सावधानी अपनाउन नेपालीहरुलाई अपील गरेका छन् ।
ओमान र कतारमा रमजानको उपवासको समयमा सार्वजनिक स्थानमा खाना खाँदै गरेको पाइएमा ३ महिनासम्म जेल सजाय हुने जनाइएको छ । ओमानी दण्ड संहिताको धारा २७७ अनुसार मुस्लिम र गैरमुस्लिम दुवैलाई उपवासको समयमा सार्वजनिक स्थानमा खान र पिउन अनुमति छैन ।
यो नियम देशमा बसोबास गर्ने वा भ्रमण गर्ने र १५ वर्षभन्दा माथिका सबैलाई लागू हुने जनाइएको छ । कानुनअनुसार रमजानको उपवासको समयमा सार्वजनिक स्थानमा खाना वा पेय पदार्थ खाएमा कम्तीमा १० दिन र ३ महिनाभन्दा बढीका लागि जेल सजाय हुनेछ ।
यसैगरी, कतारमा पनि व्रतको समयमा सार्वजनिक स्थानमा खाने, चपाउने, पिउने र धुम्रपान गर्नाले व्रतालुलाई गाह्रो पर्ने हुँदा यी कार्य प्रतिबन्धित गरिएको छ । खुला स्थानमा खाने, पिउने, चुइगम चपाउने र धुम्रपान गरेको भेटेमा ३ महिना जेल सजाय वा ३ हजार कतारी रियाल जरिमाना हुने छ ।
त्यसैले यी लगायतका खाडी देशहरुमा कार्यरत नेपालीहरुले विशेष सावधानी अपनाउन अत्यन्त आवश्यक छ ।