कामदारमाथिको शोषण

फिल्ममाझैं ओमानबाट डुंगा चढेर कामदार ४ हजार किलोमिटर भागेपछि...

आप्रवासन आप्रवासन

सुन्दा कुनै चलचित्रको कहानी जस्तो लाग्ने एउटा घटनाको चर्चा गरौँ । कहानीका मुख्य पात्रमा छन्, ओमानको एक माछा मार्ने कम्पनीमा काम गर्ने तीन भारतीय नागरिक । 

रोजगारदाताले समयमै तलब नदिने र दुर्व्यवहार गर्ने गरेपछि उनीहरूले त्यहाँबाट भाग्ने योजना बनाए । तर उनीहरूको पासपोर्ट लगायतका कागजात पछि रोजगारदाताको कब्जामा थियो । हवाई वा सडक मार्गबाट स्वदेश फर्कन असम्भव थियो । विकल्पमा उनीहरूले डुङ्गा चोरेर समुद्री मार्ग हुँदै भाग्ने सोचे । 
भारतको तमिलनाडुका ५० वर्षीय जेम्स फ्र्यांकलिन मोसेस, ५० वर्षीय रोबिन्स्टन र ३८ वर्षीय डेरोस अल्फोन्सो डुङ्गाबाट तीन हजार किलोमिटर दुरी पार गरिसकेका थिए । तीन जनाले फेब्रुअरी १७ मा दिउँसो ३ बजे पूर्वी ओमानको दुक्म बन्दरगाह छाडेका थिए । ६ दिनको यात्रापछि फेब्रुअरी २३ मा उनीहरू कर्नाटकको उडुपीको सेन्ट मेरी टापु नजिकै डुङ्गाबाट भारतीय जल क्षेत्रमा प्रवेश गरेका थिए । 
ओमानी डुङ्गा देखेपछि एक स्थानीय माझीले तटीय सुरक्षा प्रहरीलाई जानकारी गराएका थिए । पछि उनीहरूलाई कर्नाटकको उडुपी तट नजिकै भारतीय तटरक्षकले पक्राउ गरे । तीनै जनालाई उडुपीको अदालतमा पेस गरियो र न्यायिक हिरासतमा पठाइयो ।

अर्कोको देशमा आफु माथि भएको शोषणबाट बचेर आएकोमा उनीहरु ढुक्क छन् ।

यो घटनाले भारतीय जस्तै त्यहाँ कार्यरत नेपाली श्रमिकको अवस्था कस्तो होला भन्ने चिन्ता बढाएको छ ।

रोजगारदाताले पासपोर्ट नै जफत गरिदिने, दुर्व्यवहार गर्ने, तलब नदिने जस्ता कारणले श्रमिकले कष्ट बेहोर्नु परेको छ । श्रमिकहरु स्वदेश फर्कन सक्ने बाटो बन्दहुदाँ कष्ट सहेरै बस्न बाध्य रहेको समेत यो घटनाले देखाएको छ ।  ।