मिर्गौला हाम्रो शरीरको एक महत्त्वपूर्ण अङ्ग हो, जसले विषाक्त पदार्थहरू फिल्टर गरी शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । तर, हाम्रो जीवनशैलीका कारण हामी मिर्गौलासम्बन्धी समस्याबाट पीडित छौ ।
अस्वस्थ खानपान, कम पानी पिउने बानी, धूम्रपान, मद्यपान, तनाव, र व्यायामको कमीले मिर्गौलामा गम्भीर असर पार्न सक्छ । यदि यी समस्याहरूलाई समयमै सम्बोधन गरिएन भने, मिर्गौला फेल हुने खतरा बढ्न सक्छ ।
तर मिर्गौला अस्वस्थ भएमा शरीरले विभिन्न सङ्केत गर्छ । यस्ता सङ्केत पहिचान गर्न सके मिर्गौला पूर्ण बिग्रिनबाट जोगाउन सकिन्छ ।
यो भिडियोमा हामी मिर्गौला अस्वस्थ भएको ८ सङ्केत कस्ता हुनेछन् भन्नेबारे जानकारी गराउँदै छौ ।
१.हरेक समय थकान र कमजोरी महसुस हुन
२.अनिद्राको समस्या
३.छाला अत्यधिक सुक्खा हुनु वा चिलाउनु
४.पिसाब कम आउनु वा पिसाबमा रगत देखिनु
५.आँखा तथा हात–खुट्टा सुन्निनु
६.कम भोक लाग्नु र तौल घट्नु
७.मांसपेशीमा ऐँठन हुनु
८.उच्च रक्तचाप