क्याम्पमा बस्दा

वैदेशिक रोजगारीमा जानेले क्याम्पमा बस्दा ख्याल गर्नुपर्ने ९ कुरा

आप्रवासन आप्रवासन

विदेशमा रोजगार गर्ने धेरै नेपाली कामदारहरू क्याम्पमा बस्छन् । प्राय सबै रोजगारदाता कम्पनीहरूले श्रमिकको आवासको व्यवस्था गरेका हुन्छन् ।

क्याम्प भनेको श्रमिकहरूको अस्थायी घर हो, जहाँ तोकिएका केही नियमहरूको पालना गर्नुपर्छ । विदेशमा बस्दा क्याम्प नियमको पालना गर्नाले सुरक्षित, स्वस्थ र अनुशासित वातावरण बन्ने मात्र होइन, हाम्रो रोजगारदातासँगको सम्बन्ध पनि राम्रो रहन्छ ।

यदि क्याम्पमा बस्दा त्यहाँ तोकिएको नियम पालना नगरे क्याम्पबाट निष्कासनमा पर्ने, जागिर गुम्न र कानुनी कारबाहीमा समेत पर्न सकिन्छ ।

यसैले यो भिडियोमा हामी सामान्यतया क्याम्पमा बस्दा पालना गर्नुपर्ने नियमबारे जानकारी गराँउदैछौ । 

  1. तोकिएको समय भित्र खाना खाने ।
  2. सरसफाइमा ध्यान दिने, फोहोर व्यवस्थापन गर्ने ।
  3. मादक पदार्थ सेवन, जुवा तास वा अन्य गैर कानुनी गतिविधि नगर्ने ।
  4. कम्पनी बाहिरका आगन्तुकलाई तोकिएको समयभन्दा बढी समय रहन नदिने ।
  5. झगडा नगर्ने, अशान्ति पैदा नगर्ने ।
  6. क्याम्पभित्र तोकिएको समयमै फर्किने ।
  7. धार्मिक, राजनैतिक तथा साम्प्रदायिक सद्भाव कायम राख्ने ।
  8. आफ्नो सामानको सुरक्षा आफै गर्ने ।
  9. कुनै समस्या वा असुविधा भएमा क्याम्प सुपरभाइजरलाई जानकारी दिने ।