युक्रेन-रुस युद्ध

अमेरिकासँगको तिक्ततापछि के होला युक्रेनको भविष्य ?

युरोपले मात्रै युक्रेनलाई युद्धमा टिकाइरहन सक्ला ?

आप्रवासन आप्रवासन

युक्रेन रुस बिचको जारी युद्धमा रुसी सेनामा भर्ती भएर युद्धमा होमिएका ५६ जना नेपालीले ज्यान गुमाइसकेका छन् । युद्ध लम्बिँदा सङ्ख्या थप बढ्ने भएकाले युक्रेन रुस बिचको जारी युद्धप्रति नेपालको समेत चासो र चिन्ता छ । त्यसैले नेपालसहित बाँकी विश्व युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीको गत शुक्रबारको अमेरिका भ्रमणलाई निकै व्यग्रताका साथ प्रतीक्षारत थियो ।

जेलेन्स्कीको अमेरिका भ्रमणपछि युद्ध बिरामका लागि सकारात्मक कदम अघि बढ्न सक्ने आङ्कलन थियो । तर शुक्रबार हाइट हाउसमा अनपेक्षित घटना भयो । ट्रम्प, उपराष्ट्रपति जेडी भान्स र जेलेन्स्की बिच रस्साकस्सी चल्दै सम्बन्ध तिक्ततापूर्ण अवस्थामा परिणत भयो । 

वार्ता कुनै कूटनैतिक तवरबाट नभई एकले अर्कोमाथि दबाब सिर्जन गर्न खोजेको जस्तो देखिन्थ्यो । बेला बेला जेलेन्स्की को शब्दलाई रोकेर ट्रम्प युक्रेन अमेरिकालाई सुझाव दिने हैसियतमा नभएको भनिरहेका थिए ।

ह्वाइ हाउसमा अवस्था कुन हदसम्मको तिक्ततापूर्ण रह्यो भन्ने आङ्कलन अमेरिकाका लागि युक्रेनी राजदूत रोइरहेको यो दृश्यले समेत देखाउँछ । 

सो घटनापछि युरोपेली नेताहरूले जेलेन्स्कीको समर्थन गर्दै आफूहरू युक्रेनको पक्षमा रहेको बताएका छन् । उता ट्रम्पले भने जेलेन्स्की शान्तिका लागि तयार नभएको आरोप लगाएका छन् । ट्रम्पकै अर्को दाबीमा अमेरिकाले युक्रेनका लागि ३ सय बिलियन डलर र युरोपले एक सय बिलियन डलर खर्च गरेको छ ।

यस्तोमा अमेरिका नै थप सहयोग नगरे युक्रेनको भविष्य के होला भन्ने प्रश्न जन्मिएको छ । यस्तोमा अर्को प्रश्न पनि आउँछ के अब युरोपियन देशहरूले युक्रेनको रक्षा गर्न सक्लान् त?

इन्टरनेशनल इन्स्टिच्युट अफ स्ट्राटेजिक स्टडीजका अनुसार रुसको सैन्य बजेट सम्पूर्ण युरोपको रक्षा खर्चभन्दा बढी छ । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसलाई रोक्न १ लाखदेखि २ लाख अन्तर्राष्ट्रिय सेना आवश्यक पर्ने बताएका छन् । तर युरोपले यति धेरै सेना उपलब्ध गराउन सक्दैन । बेलायतले युक्रेनमा सेना पठाउन तयार रहेको बताए पनि त्यसले युद्ध रोक्न सक्दैन ।

तर युरोपेले युक्रेनलाई थप लडाकु विमान र युद्ध पोतहरूसँगै आर्थिक सहायता भने बढाउन सक्छ । तर, रुससँग युद्ध जित्न यो पर्याप्त छैन । यो कुरा बुझेका जेलेन्सकीले अमेरिकाको सहयोग बिना युद्ध जित्न नसक्ने स्वीकार गरेका छन् । 

अमेरिका युक्रेनको प्रमुख सैन्य सहयोगी हो । अमेरिकासँगको सम्बन्ध बिग्रिएमा हतियार आपूर्ति प्रभावित भई युक्रेनलाई ठुलो सङ्कट पर्न सक्छ । यसले रुसलाई थप आक्रामक बनाउने सम्भावना रहन्छ ।

उता, अमेरिका पनि युक्रेनसँगको सम्बन्ध टुटेमा युरोपमा आफ्नो प्रभाव घट्न सक्ने कुरामा जानकार छ । त्यसैले अमेरिकासँग पुनः वार्ता थाल्न युक्रेनमाथि दबाब छ ।

तर पछिल्लो तिक्तताका कारण वार्ता तत्काल सुरु हुने छाँटकाँट देखिन्न । यस्तोमा युक्रेन कहिलेसम्म युद्धमा टिक्न सक्ला र उसको भविष्य के होला भन्ने स्पष्ट चित्र देखा परेको छैन । तर पछिल्लो घटनाक्रमले युरोप र अमेरिका बिच दुरी बढ्ने र विश्व थप धूर्वीकृत हुँदै छ भन्ने कुरा भने स्पष्ट सङ्केत गरेको छ ।