गाजामा युद्ध बिराम

गाजामा पहिलो चरणको युद्ध बिराम सकियो, विपिनको रिहाइ अनिश्चित

आप्रवासन आप्रवासन

गाजामा इजरायल–हमास बिचको पहिलो चरणको युद्ध विराम सकिएको छ ।  तर स्थायी युद्ध विराम सुनिश्चित गर्ने अर्को चरणको युद्ध विरामको सङ्केत अझै देखिएको छैन ।

जसले गर्दा हमासले कब्जा गरेर राखेको नेपाली विपिन जोशीको रिहाइ थप अनिश्चित बनेको छ । सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गर्दै विपिनसहित २५१ जनालाई अपहरण गरेको थियो ।

त्यसको १५ महिनापछि गत जनवरी १९ मा दुई बिच पहिलो चरणको युद्ध विराम लागू भएको थियो। जस अन्तर्गत हमासले २५ जना जीवित बन्धक र ८ जनाको शव इजरायललाई फिर्ता गरेको थियो। बदलामा इजरायलले १, ७३७ प्यालेसटाइनी कैदी बन्दीको रिहाइ गरेको थियो।

पहिलो चरणको युद्ध विराम सकिए लगत्तै दोस्रो चरण थाल्ने र थप बन्धकको रिहाइसँगै इजरायली सैनिक गाजाबाट फिर्ता हुने सहमति थियो । तर हालसम्म दोस्रो चरणका लागि वार्ता भए पनि सहमतिको कुनै सङ्केत देखिएको छैन ।

अमेरिका पहिलो चरणको युद्ध बिराम अवधि लम्बाउनु पर्ने प्रस्ताव अघि सारेको छ जसमा इजरायलले समर्थन जनाएको छ । हमासले भने इजरायली सैनिकको फिर्ताको सुनिश्चितता खोजेको छ ।