युएईमा बेरोजगार बिमा

युएईमा रहेका श्रमिकले बेरोजगार बिमामा कसरी आबद्ध हुने ?

आप्रवासन आप्रवासन

युएई सरकारले बिगत दुई बर्षदेखि बेरोजगारी बिमा लागू गरेको जसअन्तर्गत श्रमिकहरूले रोजगारी गुमाएपछि केही समयका लागि आर्थिक सहायता पाउन सक्छन्

यदि तपाईँ युएईमा कार्यरत नेपाली श्रमिक हो भने बेरोजगारी बिमामा सामेल हुनु सुरक्षित भविष्य का लागि फाइदाजनक हुन सक्छ यो योजना विशेष गरी अनपेक्षित रोजगारी गुमाएका व्यक्तिहरूको लागि अस्थायी आर्थिक सुरक्षा दिन बनाइएको हो

वर्क परमिट भएकाले यो बिमामा आबद्ध हुन सक्छन् अस्थायी रूपमा काम गरिरहेका वा घरेलु कामदार अवैध बसोबास गरिरहेकाले बिमा गर्न पाउने छैनन्  

मासिक १६ हजार युएई दिरामसम्म तलब भएकाले प्रत्येक महिना दिराम १६ हजार दिरामभन्दा बढी तलब भएका कामदारले मासिक, त्रैमासिक वा बार्षिक रूपमा १० दिराम बराबरले बिमा रकम बुझाउनु पर्ने  

बिमा गरेकाले आफ्नो जागिर गुमेपछि आधारभूत तलबको ६० प्रतिशतसम्म तलब तीन महिनासम्म बेरोजगार साहयता स्वरूप पाउने छन्  

यदि तपाई पनि यस बेरोजगार बिमा गर्न चाहनुहुन्छ भने इन्सोरेन्स पुल वेबसाइट  मा गएर आवेदन दिन सक्नुहुने  

अथवा युएई पास एप यसै गरी बैङ्क, एक्सचेन्ज सेन्टरहरू युएईको टेलिकम कम्पनी मा गएर सम्पर्क गर्न सकिने