दिनभर ऊर्जावान बन्न

विदेशमा रहेका नेपालीले दिनभर ऊर्जावान बन्न बिहानै गर्नुपर्ने ७ काम

आप्रवासन आप्रवासन

विदेशमा अध्ययन वा रोजगारीका क्रममा धेरै नेपालीले समय व्यवस्थापन, मानसिक तनाव, र शारीरिक थकानको समस्या अनुभव गर्छन्। यस्ता समस्याले उत्पादकत्व घटाउनुका साथै मानसिक तथा शारीरिक स्वास्थ्यमा असर पार्न सक्छ यदि तपाईं दिनभर ऊर्जावान रहन चाहनुहुन्छ भने, बिहानको दिनचर्यामा ७ सुधार ल्याउनु आवश्यक छ । 

१. बिहान चाँडै उठ्ने बानी बसाल्नुहोस्

विदेशमा अध्ययन वा रोजगारी गर्दा समयमा उठ्नुपर्ने हुन्छ । तर, कसैको राती अबेरसम्म काम वा अध्ययन समय हुनसक्छ । आफ्नो काम, जागिर वा पढाई सुरु हुनभन्दा कम्तीमा २ घण्टा अगाडि उठ्ने बानी बसाल्नुपर्छ । यसले आफ्नो व्यक्तिगत तयारीका लागि पर्याप्त समय पाइन्छ ।

२. ओछ्यान मिलाउने बानी बसाल्नुहोस् 

बिहान उठ्नेबित्तिकै ओछ्यान मिलाउनुहोस् । यसले अनुशासन बढाउने मात्र होइन, मानसिक रूपमा पनि सकारात्मक प्रभाव पार्छ । सफा र व्यवस्थित कोठाले दिनभर ताजगी महसुस गराउँछ ।

३. बिहानको समयमा नुहाउने बानी बसाल्नुहोस्

नुहाउँदा शरीर मात्र सफा हुँदैन, दिमाग पनि ताजा हुन्छ । विदेशमा जाडो मौसम भए पनि कम्तीमा दैनिक शरीर सफा गर्दा ताजगी महशुस गर्न सकिन्छ ।

४. स्ट्रेचिङ र हल्का व्यायाम गर्नुहोस्

विदेशमा जीवनशैली व्यस्त हुने भएकाले नियमित व्यायाम गर्न कठिन हुन सक्छ । तर, बिहान ५–१० मिनेट स्ट्रेचिङ गर्दा शरीरलाई लचिलो बनाउँछ र दिनभर ताजगी महशुस गराउन मद्दत गर्छ ।

५. बिहान उठ्नेबित्तिकै फोन प्रयोग नगर्नुहोस्

धेरै नेपालीहरू बिहान उठ्नेबित्तिकै सामाजिक सञ्जाल चेक गर्छन्। तर, यसले तनाव बढाउन सक्छ। त्यसैले, दिनको सुरुवात मोबाइल बिना गर्नुहोस् ।

६. केही समय हिँड्नुहोस्

विदेशमा रहँदा खुला वातावरणमा कम समय बिताउने बानी बस्छ। तर, बिहान केही समय बाहिर हिँड्नाले ताजा हावाले तपाईंको मुड सुधार गर्छ र मस्तिष्कलाई सक्रिय राख्छ।

७. ध्यान गर्नुहोस्

विदेशमा बस्दा मानसिक तनाव बढ्न सक्छ। त्यसैले, दिनको सुरुवात ध्यान गरेर गर्नुहोस् । यसले तनाव कम गर्छ र मानसिक एकाग्रता बढाउँछ । यी सरल तर प्रभावकारी उपायहरू अपनाएमा विदेशमा व्यस्त जीवनशैलीका बाबजुद पनि स्वस्थ र ऊर्जावान बन्न सकिनेछ ।