फागुन १६ अर्थात् फेब्रुअरी २८ देखि इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमजान सुरु हुँदै छ । यो महिना आध्यात्मिक ध्यान, उपवास, र परोपकारको समय हो, तर के तपाईँलाई थाहा छ ? यो व्यापारको लागि पनि "बम्पर सिजन"हो !
चाडपर्वसँग व्यापार जोडिनु नौलो कुरा होइन तर साउदी अरेबियाले यो महिनामा एउटै वस्तुबाट गर्ने व्यापार भने निकै रोचक छ । रमजानमा एक विशेष फलको चर्चा सर्वत्र हुने गर्छ, खजूर ।
मुसलमान समुदायमा यो केवल फल मात्र होइन, उपवास खोल्ने पहिलो रोजाइ र यो साउदी अरेबियाको ठुलो व्यापारिक रहस्य पनि हो ।
यो साउदीको व्यापारिक रणनीति, धार्मिक आस्था, र परोपकारको मिश्रण हो खजूर । रमजान सुरु भएसँगै, यो “गोल्डन फ्रूट“ को माग ह्वात्तै बढ्नेछ ।
हामीले सुन्दै आएको वा मान्दै आएको कुरा हो साउदी अरेबिया संसारभर तेल निर्यात गर्छ । तर साउदी खजूरको सबैभन्दा ठुलो उत्पादक देश पनि हो ।
रमजान महिनामा खजूरको बिक्री आकाश छुन्छ । खबर अनुसार, साउदीले रमजान महिनामा मात्रै कुल खजूर निर्यातको ७० प्रतिशत हुन्छ ।
यो गोल्डेन फ्रुटको तीन सय बढी प्रकारहरू छन् । तीन सय प्रकारका खजूर साउदीले अन्य देशमा निर्यात गर्छ ।
सन् २०२४ मा साउदीको खजूर ५.४ प्रतिशतले वृद्धि भएको थियो । साउदीले हरेक वर्ष खजूर निर्यातबाट मात्रै ३४ करोड अमेरिकी डलर (१ अर्ब २८ करोड साउदी रियाल) कमाइ गर्ने गरेको छ ।
यस्तै अर्को रोचक कुरा त के छ भने, व्यापारका लागि मात्र नभएर साउदीले उपहारको रूपमा पनि अन्य देशमा पठाउने गर्छ । गतबर्ष यसले उपहारमा एक सय दुई देशमा सात सय टन खजूर पठाएको थियो ।
आखिर रमजान र खजूरको यस्तो सम्बन्ध किन छ <
रमजानमा खजूरको महत्त्व धार्मिक र स्वास्थ्य दुवै हिसाबले विशेष छ । धार्मिक रूपमा पैगम्बर मोहम्मदले उपवास खजूरले खोल्ने परम्परा बसालेका थिए । स्वास्थ्य लाभ: खजूरमा फाइबर, एलर्जी, र भरपुर पोषण हुन्छ, जसले दिनभरको उपवासपछि शरीरलाई पुनः ऊर्जा वान बनाउँछ । त्यसैले रमजानको समयमा रोजा तोड्न यो उपयुक्त फल पनि हो ।
–अब सोच्नु हाम्रो देशसँग त्यस्तो के फल होला जसलाई हामी विश्वव्यापारमा जोड्न सक्छौ ? तपाई सँग केही आइडिया भए कमेन्ट गर्नुहोला ।