दक्षिण कोरियाको एक पर्ममा कार्यरत २८ वर्षीय नेपाली युवक तुलसी पुन मगरको आत्महत्या भनिएको घटनापछि दक्षिण कोरियामा त्यहाँ कार्यरत नेपाली श्रमिकले काम छोडेका छन् । छल्लानाम्दो मोक्पोस्थित ’वूसङ्ग पिग फार्म’ काम गरिरहेका तीन फर्मबाट बाहिरी सकेका हुन् ।
बाकि १५ जनालाई पनि नेपाली दूतावासको पहलमा रोजगारदाता कम्पनीले अन्यत्र काम गर्न जान स्वीकृति दिएको हो । पुनको निधनपछि श्रमिकहरूले अन्य नेपाली श्रमिकहरूले चरम शारीरिक र मानसिक तनावको सामना गर्नुपरेको गुनासो गरेका थिए ।
नेपाल सरकारको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया गएका नेपाली श्रमिकहरूको मृत्यु दर बढ्दो छ । पछिल्लो पाँच वर्षमा मात्र ८५ जना नेपाली श्रमिकले ज्यान गुमाएका छन्, जसमा आत्महत्या पनि एक प्रमुख कारणका रूपमा देखिएको छ । यस घटनाले विदेशमा काम गर्ने नेपाली श्रमिकहरूको सुरक्षाबारे थप प्रभावकारी नीति निर्माणको आवश्यकतामाथि पुनः बहस उब्जाएको छ।नेपाली श्रमिकहरूको सुरक्षाबारे चासो पुनः बढेको छ ।
नेपालस्थित श्रम विज्ञहरूले विदेशी रोजगारमा जाने नेपालीहरूलाई भाषा र सम्झौताबारे राम्रोसँग बुझेर मात्र जान सल्लाह दिएका छन् । कोरियाली रोजगार प्रणालीमा कार्यस्थल परिवर्तन गर्न कठिनाइ हुनु, अत्यधिक श्रम, मानसिक तनाव जस्ता समस्याहरू नेपाली श्रमिकका प्रमुख चुनौतीका रूपमा देखिएका छन् ।