कोभिड–१९ महामारीपछि विश्वभरमा पर्यटन क्षेत्रले उल्लेखनीय सुधार गरेको पाइएको छ । संयुक्त राष्ट्रसङ्घीय पर्यटन सङ्गठन UN Tourism को पछिल्लो रिपोर्टले सन् २०२४ मा विश्वभर १.४ अर्ब अन्तर्राष्ट्रिय पर्यटकको आगमन भएको जनाएको छ ।
यो सङ्ख्या सन् २०१९ को तुलनामा मात्र १% कम भए पनि २०२३ भन्दा ११% बढी हो । पर्यटन क्षेत्रबाट प्राप्त आम्दानी सन् २०२४ मा १.६ ट्रिलियन अमेरिकी डलर पुगेको छ, जुन सन् २०१९ को तुलनामा ४% बढी हो ।
कुल पर्यटन निर्यात पनि ३ प्रतिशत वृद्धि भई १.९ ट्रिलियन अमेरिकी डलर पुगेको छ । गत वर्ष प्रत्येक अन्तर्राष्ट्रिय पर्यटकले औसतमा १,१०० अमेरिकी डलर खर्च गरेका छन् ।
कहाँ कति बढे कति बढे पर्यटक ?
मध्यपूर्व Middle East_मा पर्यटक आगमन सन् २०१९ को तुलनामा ३२% बढेको पाइएको छ । अफ्रिका मा ७ प्रतिशत वृद्धि हुँदा युरोप मा ७४ करोड अन्तर्राष्ट्रिय पर्यटक पुगे, जुन २०१९ को तुलनामा १ प्रतिशतले बढी हो ।
अमेरिकामा पर्यटन २०१९ को स्तरमा फर्कियो । क्यारेबियन र मध्य अमेरिकामा ७ प्रतिशत वृद्धि देखियो ।
यस्तै एसिया–प्रशान्त क्षेत्रमा पर्यटन २०१९ को तुलनामा ८७ प्रतिशत मात्र पुगे पनि २०२३ को तुलनामा ३३ प्रतिशत वृद्धि भएको रिपोर्टले जनाएको छ ।
पर्यटकहरू अब सस्तो र गुणस्तरीय गन्तव्यहरू, कम चिनिएका ठाउँहरू र दिगो पर्यटन अभ्यास रोज्ने सम्भावना बढेको छ ।