अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभरिका धनाढ्य व्यक्तिहरूलाई सोझै ग्रिन कार्ड र नागरिकता प्रदान गर्ने गरी गोल्ड कार्ड कार्यक्रम घोषणा गरेका छन् । ट्रम्पले ५ मिलियन डलर मूल्यको गोल्ड कार्ड ल्याउने र सो किन्ने व्यक्तिहरूलाई अमेरिकाको ग्रिन कार्ड प्रदान गरिने प्रस्ताव गरेका हुन्।
गोल्ड कार्ड खरिद गर्नेहरूले लगानी नगरी वा रोजगारी सिर्जना नगरी अमेरिका प्रवेश गर्न र ग्रिन कार्ड प्राप्त गर्न अवसर दिनेछ । २ साताभित्र यो कार्यक्रम लागु गरिने ट्रम्पले जनाएका छन् ।
१० लाख वा त्योभन्दा बढीको सङ्ख्यामा गोल्ड कार्डहरू बेच्न सकिने ट्रम्पको योजना छ । ट्रम्पले यस कार्डमार्फत संसारभरिका धनीहरूलाई अमेरिका भित्र्याउन सहज हुने र त्यसले अमेरिकी अर्थतन्त्रलाई बलियो बनाउने दाबी गरेका छन् ।
गोल्ड कार्डले अमेरिकी संसद्ले सन् १९९२ मा पारित गरेको EB-5 भनिने आप्रवासी लगानीकर्ता भिसा कार्यक्रमलाई विस्थापित गर्ने बताइएको छ । EB-5 भिसाले अमेरिकामा लगानी गरेर रोजगारी सृजना गर्नेहरूलाई ग्रिन कार्ड दिन सकिने व्यवस्था गरेको छ ।