त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ गर्दा यात्रुले पुनः चर्को शुल्क तिर्नु पर्ने गरी ठेक्का लाग्ने भएको छ ।
नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको ७ हजार ७५५ वर्ग मिटरमा पार्किङ गर्न पाउने गरी ठेक्का आह्वान गरेको हो । जसमा विमानस्थलमा मोटरसाइकल तथा स्कुटर पार्किङ गरेको प्रति घण्टा ४० र प्रतिदिन २४० रुपैयाँ शुल्क तोकिएको छ ।
कार, जिप र भ्यानले प्रतिघण्टा ८० रुपैयाँ र प्रतिदिन ४८० रुपैयाँ तिर्नुपर्ने छ । हल्का सवारी साधनलाई प्रति घण्टा एक सय तथा प्रति दिन ६८० रुपैयाँ तोकिँदा बस र ट्रकले प्रति घण्टा १५० रुपैयाँ र प्रति दिन ९ सय रुपैयाँ तिर्नुपर्ने छ ।
प्राधिकरणले मागेको पार्किङको यस ठेक्काको लागि ठेकेदार कम्पनीले न्यूनतम १२ करोड ९८ लाख रुपैयाँ कबोल गर्नुपर्ने छ ।
प्राधिकरणले आम्दानीको स्रोत बढाउन भन्दै विमानस्थल सेवा शुल्क नियमावली २०७८ संशोधन गरेर विसं २०७९ बाट चर्को शुल्क असुल्दै आएको छ। जसको व्यापक विरोध हुँदै आए पनि प्राधिकरण भने टसमस देखिएको छैन ।