विदेश पलायन

एमबीबीएस पास गर्ने ४३ जनामध्ये ४१ ले विदेश जान आवेदन दिए-सासंद दीपक सिंह

आप्रवासन आप्रवासन

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक सिंहले युवा जनशक्तिलाई स्वदेशमा राख्न नसकिएको बताएका छन् । सोमबार प्रतिनिधिसभामा बोल्दै सासंद सिंहले युवाहरू विदेशिनेक्रम बढ्दो रहेको प्रति चिन्ता समेत व्यक्त गरेका छन् ।

सिंहले टिचिङ अस्पतालबाट ४३ जनाले एमबीबीएस पास गरेको र त्यसमध्ये ४१ जनाले विदेश जान निवेदन दिएको उदाहरण समेत प्रस्तु गरे । यस विषयमा सम्बन्धित मन्त्रालय र सरकारको ध्यान जान आवश्यक रहेको सिंहको भनाई छ ।