ईपिएस कोरिया

कोरिया जाने पक्रिया सुस्त हुँदा ६० हजार नेपाली प्रभावित

आप्रवासन आप्रवासन

ईपिएसमार्फत दक्षिण कोरिया जाने प्रक्रिया सुस्त हुँदा करिब ६० हजार नेपाली त्यसको मारमा परेका छन् । कोरियाले भाषा परीक्षाको तालिका सार्वजनिक नगर्दा भाषा अध्ययन गरेर बसेका ३० हजार र लैजाने प्रक्रिया सुस्त हुँदा उत्तीर्ण भई बसेका ३० हजार युवा प्रभावित बनेका हुन् ।

कोरियाले उत्पादनमूलक क्षेत्रका लागि पुसमा नै भाषा परीक्षाको आवेदन खुलाउने गरेको थियो । तर यस वर्ष भने हालसम्म आवेदन खुला गरिएको छैन । जसले गर्दा भाषा अध्ययन गरेर परीक्षाका लागि तयार भएर बसेका नेपाली युवा अलमलमा परेका हुन् ।

यसबाहेक, यसअघि नै भाषा परीक्षा उत्तीर्ण भई बसेका तर उड्न बाँकीको सङ्ख्या करिब ३० हजार छ । पानीजहाज कम्पनीमा काम गर्न भाषा परीक्षा पास गरेर छनोट भएका ३ हजार ५०० युवा पनि १ वर्षदेखि उडानको प्रतीक्षामा छन् ।

रोजगारीका लागि कोरिया जाने प्रक्रिया सुस्त छ । दक्षिण कोरियाको रोजगारी नेपाली युवाहरूमाझ निकै आकर्षक रहँदै आएको छ ।

सन् २००८ देखि दक्षिण कोरियाले ईपिएस प्रणालीमार्फत नेपाली कामदार लैजान सुरु गरेको हो । हालसम्म ६० हजारभन्दा केही बढी नेपाली ईपिएसमार्फत रोजगारीका लागि दक्षिण कोरिया गएका छन् ।