संसद

अमेरिकी राष्ट्रपतिले नेपाललाई दिएको सहायता "फ्रड" भनेको प्रति संसद्मा एक स्वर

आप्रवासन आप्रवासन

अमेरिकाले नेपाललाई दिँदै आएको सहायतालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ठगीको संज्ञा दिएको विषय संसद्मा समेत प्रवेश गरेको छ ।

ट्रम्पले केही दिनअघि नेपालको सङ्घीयता  र जैविक विविधता प्रवर्द्धन लागि दिइएको रकम ठगी भएको बताएका थिए ।

आइतबार बसेको प्रतिनिधि सभामा बोल्ने क्रममा विभिन्न दलका सासंदहरुले ट्रम्पको भनाइको विरोध गरेका हुन् ।

सासंदहरुले अब उप्रान्त विदेशबाट लिइने आर्थिक सहायताका विषयमा थप गम्भीर बन्न समेत सरकारलाई सुझाएका छन् ।