अमेरिकामा नेपाली विद्यार्थी

अमेरिकामा धमाधम कामबाट निकालिँदै नेपाली विद्यार्थी

आप्रवासन आप्रवासन

राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासी विरोधी नीतिको प्रत्यक्ष असर अमेरिकास्थित नेपाली विद्यार्थीमा समेत परेको फलस्वरूप अमेरिकामा रहेका नेपाली विद्यार्थीहरूले गर्दै आएको काम गुमाउन थालेका छन् भने नयाँ काम पनि पाउन छाडेका छन्

अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थीले कलेजभित्र मात्र काम गर्न पाउने प्रावधान कलेजभित्र साताको २० घण्टासम्म काम गर्न पाइन्छ तर त्यस्तो कलेजभित्रको इनडोर काम निकै सीमित सङ्ख्यामा मात्र उपलब्ध हुन्छ जसले गर्दा अधिकांश विद्यार्थीले कलेजबाहिरै नगदमा काम गर्ने गर्छन् तर यसरी काम गर्नु गराउनु अमेरिकामा गैर कानुनी हो

उता, अमेरिकाको इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्टले अवैध आप्रवासीको खोजी गर्न अहिले देशैभरका व्यावसायिक फर्महरूमा छापा मारिरहेको खोजी क्रममा यसरी गैर कानुनी रूपमा काम गरिरहेको पाउन थालेपछि विद्यार्थी फर्म सञ्चालक दुवैलाई चेतावनी दिन वा पक्राउ नै गर्न थालिएको यही कारण नेपाली विद्यार्थीहरूले काम गुमाउन थालेका हुन्

पछिल्लो तथ्याङ्क अनुसार हाल अमेरिकामा करिब ५० हजार नेपाली विद्यार्थी छन्

खास गरी, नेपाली विद्यार्थीहरूको बाहुल्य रहेको टेक्सस, न्यु योर्क, क्यालिफोर्निया, भर्जिनिया, फ्लोरिडामेरिल्यान्ड जस्ता क्षेत्रमा बढी समस्या देखिएको नयाँ काम खोज्दा समेत सञ्चालकहरूले जोखिम नलिने भन्दै आफूहरूलाई फर्काइने गरिएको विद्यार्थीहरूले नाम नखुलाउने सर्तमा बताएका छन्

नयाँ परिस्थितिका कारण नेपाली विद्यार्थीहरू पढाइ पूरा गर्न पनि नसक्ने अवस्थामा पुगेका छन्