सम्पत्ति शुद्धीकरण

सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’ मा परेसँगै नेपाललाई पर्ने ९ असर

आप्रवासन आप्रवासन

अपराध त्यसबाट सम्पत्ति आर्जन नियन्त्रण नभएको भन्दै नेपाल जोखिमपूर्ण मुलुकको सूची अर्थात् ग्रे लिस्टमा परेको अपराधबाट आर्जित सम्पत्ति व्यवस्थापन बारे विश्वव्यापी अनुगमन गर्ने फाइनान्सियल एक्सन टास्क फोर्सले नेपाललाई जोखिमपूर्ण मुलुकको सूचीमा राखेको हो

यसअघि नेपाल सन् २०११ मा पनि ग्रे लिस्ट मा परेर २०१४ मा बाहिरिएको थियो हाल नेपाल वर्षका लागिग्रे लिस्टमा परेको हो।

ग्रे लिस्टमा पुनः परेसँगै नेपाल तथा नेपालीमा पर्ने असरहरू:

  • नेपालको अन्तर्राष्ट्रिय व्यापार महँगो हुने
  • आयातको लागि खोलिने एलसी थप महँगो हुने
  • निर्यात थप झन्झटिलो हुने
  • विदेशमा नेपालीको कारोबार शङ्कास्पद तरिकाले हेरिने तथा झन्झटिलो हुनेछ
  • विदेशबाट आर्थिक सहायता पाउन कठिन पर्ने
  • वैदेशिक लगानी निरुत्साहित हुने
  • नेपालको अन्तर्राष्ट्रिय वित्तीय कारोबारको लागत थप महँगो पर्ने
  • नेपाली विद्यार्थीले अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूबाट पाउने छात्रवृत्ति कटौती हुन सक्ने
  • नेपालीले पठाउने रेमिट्यान्सको लागत बढी पर्न जान्छ