चालु आर्थिक वर्षको ७ महिनामा नेपाली जनताले तिर्नुपर्ने सार्वजनिक ऋण अझ बढेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १ खर्ब ७६ अर्ब ९६ करोड रुपैयाँले सार्वजनिक ऋण बढेको जनाएको हो ।
सरकारको दायित्व वृद्धि अनुरूप स्रोत नहुँदा सरकारले लिने ऋण समेत बढ्दै गएको हो । यससँगै देशले तिर्नुपर्ने ऋण २६ खर्ब ११ अर्ब नाघेको छ ।
यो ऋण जिडिपीको ४५ प्रतिशत बराबर हो । जसमध्ये आन्तरिक १२ खर्ब ८२ अर्ब र विदेशी १३ खर्ब २८ अर्ब रुपैयाँ छ । गत असार मसान्तमा तिर्न बाँकी सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ थियो ।
चालु आर्थिक वर्षमा सरकारले ऋणको साँवा–ब्याज तिर्नकै लागि ४ खर्ब २ अर्ब रुपैयाँ छुट्याएको छ । त्यसमध्ये माघसम्म १ खर्ब ८७ अर्ब रुपैयाँ भुक्तानी गरेको छ । य
सले नेपाली जनताबाट उठाएको करको ठुलो हिस्सा ऋणको साँवा–ब्याज तिर्नमै खर्च भइरहेको देखिन्छ ।
तर स्रोतको अभाव देखाउँदै सरकारले यस वर्ष पुनः ५ खर्ब ४७ अर्ब रुपैयाँ ऋण उठाउने लक्ष्य राखेको छ । यसअनुसार माघसम्म २ खर्ब ९० अर्ब रुपैयाँ ऋण उठाइ सकेको छ ।