ईपिएस कोरिया

ईपिएसमा कोरिया जाने नेपालीले कुन सेवा कहाँबाट पाउँछन्?

आप्रवासन आप्रवासन

दक्षिण कोरियामा रोजगारीको प्रक्रियामा कुन काम कहाँबाट हुन्छ श्रमिकहरूले अत्यावश्यक सुविधा कहाँ पाइन्छ भन्ने यकिन नहुन सक्छ यो भिडियोमा हामी परीक्षादेखि उडानसम्मका प्रक्रिया नेपाल वा कोरिया कसको मातहत हुन्छ भन्ने जानकारी गराउँदै छौ  

-ईपीएस प्रणालीअन्तर्गत कोरिया जाने श्रमिकहरूले आवश्यक प्रक्रिया पूरा गर्न नेपाल कोरियाका सम्बन्धित कार्यालयहरूबाट सेवा लिन सक्नेछन्

-परीक्षाको लागि दरखास्त आवेदकको सूचना: कोरियाबाट जानकारी प्राप्त गर्न सकिनेछ

-परीक्षा सञ्चालन,रोहिङ पास हुने, रोजगारका लागि कामदार छनोट, नतिजा प्रकाशन भिसा जारी प्रक्रिया : कोरियाबाट हुनेछ  

-ईपीएससम्बन्धी सूचना: कोरिया नेपालमा इपिएस कार्यालयको वेबसाइटमार्फत उपलब्ध हुनेछ

-तालिमका लागि विवरण: तालिमका लागि मिति स्थान नेपालबाट जानकारी गराइनेछ यस्तै 

-अनलाइन फारम दर्ता: अनलाइन फारम दर्ता सेवा नेपालको इपीएस कार्यालयबाट उपलब्ध हुनेछ

-रोजगार आवेदन फारम दर्ता: नेपालबाट उपलब्ध हुनेछ

-राहदानी विवरण: विवरण बुझाएर कोरिया पठाउने सेवा नेपालबाट हुनेछ

-श्रम करार प्रक्रिया: कम्पनीको तर्फबाट कोरिया भने श्रमिक तर्फबाट नेपालबाट हुने  

-विशेष परिस्थितिमा: श्रमिकको समस्याको समाधानका लागि नेपालबाट तुरुन्त जानकारी कोरिया पठाइनेछ

-उडान तालिका: प्रस्तावित उडान तालिका कोरियाबाट अन्तिम उडान तालिका नेपाल तथा कोरिया दुबैबाट सार्वजनिक गरिनेछ

-उडानको दिन : उडानमा सहभागी हुने श्रमिकलाई भिसा अन्य विवरण नेपालबाट उपलब्ध हुनेछ