अस्ट्रेलियाको पिआर

अस्ट्रेलियाको पिआर अस्वीकृत हुनबाट जोगाउने ६ उपाय

आप्रवासन आप्रवासन

हाल अस्ट्रेलियाले विद्यार्थी भर्ना सङ्ख्यामा कोटा निर्धारण तोकेको छ । त्यससँगै अस्ट्रेलियाले स्थायी आवास अनुमति पत्र (पिआर) को कोटा केही मात्रामा घटाएको छ ।

यस्तो अवस्थामा नेपाली विद्यार्थीलाई अस्ट्रेलियाको भिसा लिन झन् असहज बन्दै गएको छ भने पिआरको लागि समेत असहज बन्न सक्छ । हामी अस्ट्रेलियाको पिआर अस्वीकृत हुनबाट कसरी जोगिने भन्ने जानकारी गराउँदै छौ ।

पहिले कुरा गरौँ, पिआर अस्वीकृत हुने मुख्य कारणहरूबारे:

कुनै व्यक्ति स्पोन्सरसिप भिसामा छ भने रोजगारीदाताको मापदण्ड नपुगेर पिआर अस्वीकृत हुन्छ । दक्ष कामदार भिसामा माइग्रेसन एजेन्टको सहयोग नलिई आफै आवेदन गर्दा समस्या हुन सक्छ ।

यस्तै नक्कली डकुमेन्ट बुझाएर पिआर अस्वीकृत हुने गर्छ । नक्कली डकुमेन्ट बुझाएर पिआर लिएको फेला प¥यो भने धेरै समयपछि पनि पिआर रद्द  सक्छ ।

यसै गरी कोही व्यक्ति गम्भीर स्वास्थ्य समस्यामा वा गम्भीर अपराधमा संलग्न रहेको जानकारी भएको अवस्थामा पनि आवेदन अस्वीकृत हुन सक्छ । तर पिआरको आवेदन अस्वीकृत भएको अवस्थामा २८ दिनभित्र पुनरावेदन गर्न सकिन्छ ।

अब चर्चा गरौँ अस्ट्रेलियाको पिआर अस्वीकृत हुनबाट जोगाउने ६ उपायबारे:

१. भ्रामक सूचनाको पहिचान

कतिपयले अस्ट्रेलियाको पिआर लिन सहज बनाउने भन्दै ठगी गर्ने गरेका छन् । दक्ष व्यक्तिले नेपालबाट पनि पिआर पेस गर्न मिल्छ तर कतिपय विज्ञापनले १८ देखि ४५ वर्षसम्म, सामान्य लेखपढ गर्न जान्नेका लागि महिनाको पाँच लाख रुपैयाँ तलब भनेर विज्ञापन गरेका हुन्छ यस्तो भ्रामक विज्ञापनको पछि नलागी पिआरको प्रक्रिया सुरु गर्नुपर्छ ।

२.विषय छनौट

पिआर प्रक्रियामा जाने सोच बनाएका विद्यार्थीले आफू अध्ययन गर्न चाहेको विषय पिआर पाउने सूचीमा छ कि छैन भन्ने ख्याल गर्नुपर्छ । आफ्नो छनौटको विषय पिआर पाउने सूचीमा नभए अर्को उपाय अपनाउनुपर्छ ।

३. अध्ययन विषय र काममा एकरूपता

विद्यार्थीले आफूले पढेको विषय अनुसारको काम र इन्टर्न गर्नुपर्छ । आइटीको विद्यार्थीले आइटीमै इन्टर्न गर्नुपर्छ । यसरी इन्टर्न गर्दा त्यही कम्पनीले स्पोन्सर गर्न सक्छ । गरेन भने पनि आफ्नो क्षमताले अर्को कम्पनीमा काम पाउन सकिन्छ ।

४.ग्रेड वृद्धिमा ध्यान दिने

अस्ट्रेलियाको पिआर पाउन विद्यार्थीको ग्रेडले प्रमुख भूमिका निर्वाह गर्छ । त्यसैले पढाइमा उत्कृष्ट ग्रेड प्राप्त गरेको हुनुपर्छ । यसो हुँदा रोजगारीको राम्रो अवसर पनि प्राप्त हुन्छ ।

५.भाषा दक्षता

पिआरको लागि प्रक्रियामा जाने विद्यार्थीको अङ्ग्रेजी भाषामा दक्ष भएको हुनुपर्छ । रोजगारीदाताले अङ्ग्रेजी बोल्न दक्ष व्यक्तिलाई प्राथमिकता दिन्छ । अङ्ग्रेजी राम्रो भए रोजगारीको अवसर छिटो प्राप्त हुन्छ, अङ्क पनि बढ्छ ।

६.गाउँ केन्द्रित बसाई

अस्ट्रेलियाली सरकारले सिड्नी, मेलबर्न, ब्रिसबेन जस्ता सहरमा भन्दा दुर्गम क्षेत्रमा जानेलाई प्राथमिकतामा राखेको हुन्छ । ठुला सहरको साटो साना सहर रोज्दा पिआर प्रक्रिया चाँडो हुन सक्छ ।