पर्यटकका रूपमा विदेश जाने

पर्यटकका रूपमा विदेश जानेले कसरी लिने कर तिरेको रकम फिर्ता ?

आप्रवासन आप्रवासन

यो भिडियोमा हामीले विदेश भ्रमणमा निस्कन लागेका वा भ्रमण सकेर फर्कन लागेका नेपालीको लागि उपयोगी हुने जानकारी लिएर आएका छौ । विषय हो, रिफन्ड टुरिस्ट ट्याक्स । 

कतिपय त्यस्ता देशहरू छन् जसले आफ्ना देशमा भ्रमणका लागि पुगेका पर्यटकले उक्त देशमा भ्रमणका क्रममा गर्ने विभिन्न किसिमका खर्चको केही भाग फिर्ता गर्ने नीति अपनाएका हुन्छन् । 
कति देशले स्वदेश फिर्तीको समयमा अध्यागमनमा ट्याक्स क्लेम गर्न सक्ने नियम हुन्छ भने कहीँ देश छोड्ने समयमा ट्याक्स रिफन्ड सेन्टरबाट क्लेम गर्ने प्रावधान राखिएको हुन्छ । 
विदेश भ्रमणमा रमाउँदै गर्दा, यदि तपाईँले सही तरिकाले किनमेल गर्नु भयो भने, यात्रा खर्चको केही भाग फिर्ता लिन सकिन्छ । नेपालबाट सन्तान भेटमा गएका परिवार वा घुम्न गएका व्यक्तिहरूले यसको सदुपयोग गर्न सकिने छ । 
कुन देशमा पाइन्छ कर फिर्ता ?
१.सिंगापुर 
सिंगापुरमा भ्रमणका क्रममा यदि १०० सिंगापुर डलर माथिका सामान किनिएको भए त्यस्तो अवस्थामा बिलमा पर्न आएको कर फिर्ता हुन्छ । तर किनमेलका सम्पूर्ण बिलहरू सुरक्षित राख्नुहोला । नेपाल फर्कँदा विमानस्थलमा रहेको फिर्ता काउन्टरमा कर दाबी गर्न सकिन्छ । 
२.दक्षिण कोरिया
दक्षिण कोरियामा त्यस्ता पसलहरू पनि छन् जहाँ पर्यटकले कर मुक्त किनमेल गर्न सक्छन् । यस्ता पसलहरूमा पासपोर्ट देखाएर किनमेल गर्नुपर्छ । त्यस्ता नहुँदा भने स्वदेश फर्कने समय विमानस्थलमा रिफन्ड दाबी गर्न पाइन्छ । 
३.थाइल्यान्ड 
थाइल्यान्ड घुम्दा कम्तीमा स्थानीय रुपैयाँ ५ हजार माथिका सामान खरिद भरिएको भए भ्याट फिर्ता हुन्छ । थाइल्यान्डले पनि सामानको रसिदसहित निवेदन पेस गरी दाबी गर्दा विमानस्थलमा कर बापतको रकम फिर्ता गर्छ । 
४.अमेरिका 
अमेरिकी सरकारले भ्याट रिफन्ड प्रणाली लागु गरेको छैन । तर टेक्सस, लुसियाना जस्ता केही राज्यमा भने विदेशी पर्यटकहरूले सेल्स ट्याक्स दाबी गर्न पाउने व्यवस्था छ । यसका लागि सामान खरिद रसिद, पासपोर्ट, भिसा, फ्लाइट टिकट लिएर ट्याक्स रिफन्ड सेन्टरमा गई दाबी गर्न सकिन्छ । अथवा विमानस्थलमा पनि यस्ता सेन्टर उपलब्ध हुन्छन् । 
५. युएई
युएईको दुबईमा पर्यटकलाई पूर्ण रुपमा यो प्रणाली लागू छैन । तर ट्याक्स फ्री लेखिएका पसलबाट किनमेल गर्दा भने कर बापतको रकम फिर्ता पाइन्छ । दुबईका अन्तर्राष्ट्रिय विमानस्थलहरूमा कर फिर्ता दाबी गर्न सकिन्छ । तर पर्यटकले कम्तीमा २५० एडीको सामान लिएको हुनुपर्ने छ । 
यसबाहेक अस्ट्रेलिया, अस्ट्रिया, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, स्पेन, युके लगायत थुप्रै देशमा समेत पर्यटकलाई कर फिर्ताको व्यवस्था छ । त्यसैले अब विदेश भ्रमणमा जानुअघि त्यहाँको कर फिर्ता सम्बन्धी कस्तो व्यवस्था छ बुझेर जानुहोला । यदि भिडियो हेर्ने तपाईँले यस्तो व्यवस्थाको लाभ लिनुभएको छ भने कमेन्टमा जानकारी गराउनुहोला ।