जापानस्थित नेपाली दूतावासले एक सूचना निकाल्दै अब ६६ पृष्ठको पासपोर्ट समेत जारी गरिने जनाएको छ । यसअघि दूतावासबाट ३४ पृष्ठको पासपोर्ट जारी हुने गरेको थियो ।
धेरैजसो नेपाली अध्ययन, रोजगार तथा व्यवसायका लागि लामो समय विदेशमा रहने भएकाले पासपोर्टमा भिसा स्ट्याम्प तथा प्रवेश–निष्कासन दस्ताबेजहरू राख्नका लागि अधिक पृष्ठको पासपोर्ट आवश्यक परेको हो ।
दूतावासले पासपोर्ट जन्य सेवामा लिँदै आएको दस्तुर समेत हेरफेर गरेको छ । नयाँ शुल्क अनुसार अब विभिन्न अवस्थाका पासपोर्ट नवीकरण गर्दा थप ५० प्रतिशत मात्र दस्तुर तिर्नुपर्ने भएको छ । जसअनुसार ६६ पृष्ठको साधारण पासपोर्टको दस्तुर ३१ हजार जापानी येन तोकिएको छ ।
हराएको, पाना च्यातिएको वा अन्य कुनै कारणले प्रयोग गर्न नसकिने भएको ३४ पृष्ठको पासपोर्ट नवीकरण गर्न ३५ हजार जापानी येन लाग्नेछ । सोही अवस्थाको ३४ पृष्ठको नाबालक पासपोर्ट नवीकरण गर्न १८ हजार जापानी येन लाग्नेछ ।
हराएको, पाना च्यातिएको वा अन्य कुनै कारणले प्रयोग गर्न नसकिने भएको ६६ पृष्ठको पासपोर्ट नवीकरण गर्नु परेमा भने ४६ हजार जापानी येन दस्तुर कायम गरिएको छ ।