स्पेनका अनौठा गाउँ

स्पेनका यी गाउँ जहाँ बस्नेलाई उल्टै पैसा दिइन्छ

आप्रवासन आप्रवासन

तपाईँलाई थाहा छ ? स्पेनका केही गाउँहरू बस्न आउने मानिसलाई स्पेन सरकारले पैसा दिने गरेको छ । हो, सही सुन्नुभयो । यदि तपाईँलाई ग्रामीण परिवेश मन पर्छ । परिवारै सहित आफ्नो बाकि जीवन ग्रामीण परिवेश, स्वच्छ हावा पानीमा कृषि गरी बिताउन चाहनुहुन्छ भने स्पेन सरकारको मानिसहरूलाई गाउँ बोलाउने यो उपाय पक्कै मन पर्छ । अझ तपाई स्पेन मै बसिरहेको विद्यार्थी वा रोजगारीमा भएको नेपाली हो भने त तपाईले नेपालको पहाडी भेगजस्तै क्षेत्रको अनुभव लिन सक्नुहुने छ । यो भिडियोमा हामी स्पेनले बसाई सरे बापत रकम भुक्तान गर्ने ठाँउहरु कुन कुन यसबारेमा जानकारी गराउँछौ । त्यो भन्दा पहिले बुझौँ । आखिर स्पेनले यस्तो स्किम किन ल्याएको होला

स्पेनको जनसङ्ख्या घट्दै गएको छ, जन्मदर पनि निकै कम छ । त्यसमाथि यी यस्ता गाउँहरूमा स्थानीयको सङ्ख्या १ देखि एक हजार मात्र छ । जसका कारण दक्षिणी युरोपको यो देशका ग्रामीण क्षेत्रहरू जनशक्तिको अभावमा सङ्घर्ष गरिरहेका छन् । यस्ता ठाउँलाई जीवित राख्न स्पेनलाई चुनौती छ । 

स्पेनको यस्तो नीतिले सामान्य दैनिकी चाहने ग्रामीण भेगमा जीवन बिताउने इच्छा भएका व्यक्तिलाई जो कोहीका लागि निकै राम्रो अवसर प्रदान गर्छ, किनभने सरकारले आप्रवासीहरूलाई आकर्षित गर्न ठुलो मात्रामा रकम खर्च गरिरहेको छ ।

 

१. पोङ्गा, अस्तुरियस Ponga, Asturias

पोङ्गा, स्पेनको उत्तर–पश्चिममा रहेको एउटा सानो गाउँ हो । पोंगाबाट नजिकैको अस्तुरियस क्षेत्रमा पहाड, उपत्यका, र समुद्री किनार पनि छ । त्यहाँ हाल जम्मा ५ सय ७६ स्थानीयको बसोबास छ । पोङ्गा बसाइँ सर्नेहरूलाई ,९७० (४ लाख नेपाली रुपैयाँ) दिइन्छ । अझ रोचक कुरा त के छ भने यदि बसाई सर्ने दम्पतीको सन्तान भएमा जन्मियो भने थप ,९७० पनि प्रदान गरिने छ । तर, एउटा सर्त छ – त्यहाँ बसाई सरेका जोकोहीले कम्तीमा पाँच वर्ष बस्नपर्नेछ । पोंगामात्र होइन, स्पेनका अरू गाउँहरू पनि बसाइँ सर्ने प्रोत्साहनलाई गरिएको छ । 

२. रुबिया, ओरेन्से Rubia, Ourense

रुबिया गाउँ आरेन्से उत्तर स्पेनको एउटा गाउँ हो । यसको जनसङ्ख्या १ हजार ४ सय ४८ मात्र छ । यो गाउँ बसोबास गर्नेहरूलाई प्रति महिना १०० प्रदान गरिन्छ । यो कार्यक्रम विशेष गरी बालबालिका भएका परिवारहरूलाई लक्षित गरिएको छ ।

३. ग्रिएगोस, तेरुएल Griegos, Teruel

ग्रिएगोस पनि स्पेनको अर्को सुन्दर गाउँ हो । यहाँ १ सय ४२ जना व्यक्तिको मात्र बसोबास छ । ग्रिएगोसमा बसोबास गर्नेहरूलाई जागिरको अवसर पनि प्रदान गरिन्छ । नयाँ बसोबासीहरूलाई पहिलो तीन महिना निःशुल्क भाडा दिइन्छ । त्यसपछि मासिक भाडा २२५ लाग्छ । 

४. अ शेस्ता, पोन्तेभेद्रा A xesta, Pontevedra

अ शेस्तामा जम्मा २ सय ५० जना मात्रै बसोबास गर्छन् । सुन्दर ग्रामीण भेगमा हाल वृद्ध अवस्थाका व्यक्तिहरू धेरै छन् । त्यहाँको स्थानीय सरकारले नयाँ बसोबासीहरूलाई मात्र १०० मासिक भाडामा घर लिने गरी स्किम बनाएको छ । गालिसियाका समुद्री किनारहरू निकै सुन्दर छन्, जसमा दक्षिणी स्पेनको तुलनामा कम भिडभाड हुन्छ । 

यदि तपाईँ घामिलो मौसम, सुन्दर ग्रामीण जीवनशैली, र आकर्षक आर्थिक प्रोत्साहनको खोजीमा हुनुहुन्छ भने, स्पेनका यी गाउँहरू उत्कृष्ट विकल्प हुन सक्छन् । अब प्रश्न यो रह्यो कि– तपाईँलाई यी ठाउँमा बस्न मन छ ? यो अफर तपाईँको लागि हो कि होइन ? कमेन्ट गर्नुहोला ।