विदेशमा यात्रा वा किनमेल

विदेशमा हुनुहुन्छ ? यात्रा वा किनमेल जाँदै हुनुहुन्छ ? यस्ता ८ गल्ती नगर्नुहोस्

आप्रवासन आप्रवासन

विदेशी भूमिमा हाम्रो सानो लापरबाही पनि ठुलो समस्याको कारण बन्न सक्छ । आफ्नो सुरक्षा, कानुनी हैसियत र इज्जत जोगाउन के–के कुरामा ध्यान दिनुपर्छ ? चोटपटकभन्दा खतरनाक हुन सक्छ तपाईँको एक सामान्य गल्ती । त्यसैले यो भिडियोमा हामी म बताउँदै छु,  वैदेशिक रोजगारीमा रहेका नेपालीले यात्रा गर्दा वा मल, मार्केटमा सपिङमा जाँदा अनिवार्य ध्यान दिनुपर्ने ८ कुराहरू बारे । यो जानकारी एकदमै सरल, तर अति आवश्यक छ । त्यसैले भिडियो अन्तिमसम्म हेर्नुहोला । 

पहिलो र महत्त्वपूर्ण कुरा भनेको के तपाईँले कम्पनीबाट आफ्नो यात्रा अनुमति लिनुभएको हो ? कम्पनीको अनुमति बिना यात्रा गर्दै नगर्नुस् । कम्पनीको पूर्वस्वीकृति बिना यात्रा गर्दा समस्यामा परिन्छ ।

दोस्रो यात्रा गर्दा धेरै रकम नबोक्ने, सकेसम्म सार्वजनिक यातायात प्रयोग गर्ने यदि ट्याक्सीको प्रयोग गर्दै हुनुहुन्छ भने एक्लै ट्याक्सीको प्रयोग नगर्ने र भाषा बुझ्ने चालक भएको ट्याक्सीको मात्रै प्रयोग गर्ने । 

तेस्रो आइडी कार्ड वा आवासीय अनुमति पत्र, यात्रा गर्दा आफ्नो आइडी कार्ड वा रेसिडेन्ट पर्मिट अनिवार्य साथमा राख्नुपर्छ ।

चौथो कुरा तपाई बसिरहेको वा यात्रामा जान ठाउँको स्थानीय भाषा र चलनप्रति संवेदनशील भएर व्यवहार गर्नु उपयुक्त गर्नुहोला । 

पाँचौँ लाइन यो अझ महत्त्वपूर्ण छ, ध्यान दिएर सुन्नुस् है, तपाईँको कागजातको कागजातको म्याद त सकिएको छैन नि चेक गर्नुस् ।  यात्रा गर्दा पासपोर्ट, रेसिडेन्ट कार्ड वा अन्य कागजातहरूको म्याद समाप्त भइसकेको भए पनि समस्या पर्छ । 

म छैटौँ बुँदामा आइपुगे, अघि भनिएका पाँच कुराबारे तपाई सचेत भइसक्नुभएको होला । 

.यदि तपाई मार्केट वा सार्वजनिक स्थलमा हुनहुन्छ भने विवादबाट टाढा रहनुहोला । अरू कसैको विवाद झगडा देखिए पनि त्यहाँ नजानुहोस् । सार्वजनिक स्थलमा फोनमा चर्को स्वरले बोल्न समेत पाइँदैन हौ ।   सार्वजनिक स्थलमा भिडभाड नगर्ने, झगडा नगर्ने, र विवादबाट टाढा रहने ।

सातौँ कुरा सामाजिक सञ्जाल प्रयोगमा पनि सावधानी अपनाउनुपर्छ । अनावश्यक फोटो वा भिडियो शेयर नगर्ने, बाटोमा देखिएका अपाच्य दृश्य वा झगडालाई खिचेर सामाजिक सञ्जालमा राख्ने यस्तो बानी भए त्यो त्यागी हाल्नुहोस् ।

र आठौँ कुरा भनेको सधैँ स्थानीय कानुन अनुसार खरिद–बिक्री गर्ने । किनकि अवैध सामान किन्दा कर नतिरी किनमेल गर्दा कानुनी सजायमा परिन्छ ।