युएईमा बस्ने नेपालीले कस्ता कन्सुलर सेवा लिन दुतावासमा भौतिक रुपमा उपस्थित हुनुपर्नेछ भन्ने जानकारी गराउँदैछौ ।
१. युएर्ईमा रहेका नेपालीले पासपोर्ट हराई नेपाल फर्कनुपर्ने व्यक्तिहरुले ट्राभल डकुमेन्ट बनाउनुपर्ने भएमा राहदानी हराएको प्रहरी प्रतिवेदन, पासपोर्टको फाटोकपी, आफ्नो हस्ताक्षर सहितको निवेदन दुई प्रति फाटोसहित व्यक्ति स्वयम अनिर्वाय दुतावासमा उपस्थित हुनुपर्ने छ ।
२. नवजात शिशु वा नाबालकको राहदानी वा ट्राभल डकुमेन्ट बनाउनु परेमा बाबु वा आमामध्ये एक जना आवश्यक कागजात सहित अनिर्वाय दुतावासमा उपस्थित हुनुपर्नेछ ।
३.विवाह दर्ता, जन्मदताृ शैक्षिक योग्यता प्रमाणीकरण तथा अन्य कागजात प्रमाणीकरण सम्बन्ध्ी जुनसुकै कार्यहरु गर्नुपरेमा सम्बन्धित व्यक्ति र नाबालक भएमा निजको बाबु वा आमामध्ये एकजना अनिवार्य उपस्थित हुनुपर्ने छ ।
४.बैंक ग्यारेन्टि प्रमाणित गर्नु परेमा बैंक ग्यारेन्टि र श्रण लिने दुवैको नागरिकताको फाटोकपी, दिनेको पासपोर्ट र इमिग्रेन्ट आइडीको फोटोकपी, काम गरेको कम्पनीको स्यालरि स्टेटमेन्ट, धितो राखेको सम्पतिको कागजात जग्गा भए लालपूर्जाको फोटोकपी र अन्य संघ, संस्था भए कम्पनी दर्ता भएको र अन्य संघ संस्था भए कम्पनी दर्ता भएको आधिकारिक कागजात संलग्न गरी बैंक ग्यारेन्टी दिने व्यक्ति स्वयम् उपस्थित हुनुपर्नेछ ।
५.मागपत्र प्रमाणीकरणको राजस्व तिर्नका लागि सम्बन्धित रोजगारदाता कम्पनी वा म्यानपावर एजेन्सी को आधिकारिक व्यक्ति स्वयम् उपस्थित हुनुपर्ने छ ।