पछिल्ला वर्षहरुमा वैदेशिक रोजगारी वा वैदेशिक अध्ययनका लागि विदेश जाने नेपालीको संख्या निरन्तर बढ्दो छ । तर अझ यो 'ट्रेन्डकै' रुपमा बढिरहेको देखिन्छ । अवस्था यो हदसम्म छ कि, माध्यमिक वा उच्च माध्यमिम विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई कक्षा १२ सकेर के गर्छौ भनेर सोध्दा, उत्तर विदेश जान्छु आउन थालेको छ । बालसुलभ चेतना भएका विद्यालय तहका विद्यार्थीको त्यस किसिमको उत्तरलाई कत्तिको स्वभाविक मान्न सकिन्छ ? विदेश मोह विद्यालय तहका विद्यार्थीसम्मै किन देखिँदै गएको छ । विद्यार्थीमा यस किसिमको मनोविज्ञान विकसित हुनुमा के कस्ता कुराले भूमिका खेलेको छ ? यो प्रश्न हामीले सोधेका छौँ, तीनै विद्यार्थीलाई पढाउने शिक्षकहरुलाई । सुनौ, शिक्षकहरुको जवाफ: