दक्षिण कोरिया उच्च शिक्षाको आकर्षक गन्तव्य बन्दै गएको छ । गएको बर्ष मात्रै कोरियाका लागि प्रविधिमा प्रगति, अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रणाली र विविध अवसरहरूले नेपाली विद्यार्थीहरूलाई आकर्षित गरिरहेका छन् । तर, कोरियामा अध्ययन गर्नुभन्दा पहिले केही महत्त्वपूर्ण कुराहरूमा जानकार र सजग हुनु अत्यावश्यक छ ।
परामर्शदाताको शुल्क र सजगता
धेरै परामर्शदाताहरूले भिसा प्रक्रिया सुरु गर्नु अघि नै १०,००० देखि २०,००० रुपैयाँसम्म र भिसा स्वीकृति पछि १ लाखदेखि २ लाख रुपैयाँसम्म शुल्क लिने गरेका छन् ।
कोरियामा पुगेपछि भोगिने प्रमुख चुनौतीहरू
१.भाषा र संचारको समस्या
कोरियन भाषा नबुझ्दा दैनिक जीवन र पढाइमा समस्या हुन्छ । राम्रो काम पाउन पनि भाषा आवश्यक हुन्छ ।
२.पार्ट–टाइम कामको कठिनाइ
विद्यार्थीहरूलाई खर्च धान्न पार्ट–टाइम काम चाहिन्छ। तर भाषा नबुझ्ने र अनुभव नहुनाले काम पाउन गाह्रो हुन्छ, पाएको काममा पनि तलब कम र घण्टा धेरै हुने गुनासो छ ।
३.मानसिक तनाव र एक्लोपन
परिवारबाट टाढा, नयाँ वातावरण र पढाइको चापले मानसिक तनाव, निराशा, र एक्लोपनको अनुभव हुने गर्छ ।
४.पढाइको दबाब
कोरियाली शिक्षा प्रणाली कडा हुन्छ। असाइनमेन्ट, परीक्षा र ग्रेडको दबाबले थकान र तनाव निम्त्याउँछ ।
५.भिसा नवीकरण र कागजी प्रक्रिया
भिसा, काम अनुमति, बैंक स्टेटमेन्ट, र आवाससँग जोडिएका कागजी प्रक्रिया जटिल हुन्छन्। सानो गल्तीले पनि समस्या निम्त्याउन सक्छ ।
६.उच्च खर्च
कोरियाको जीवनशैली महँगो छ – घर भाडा, खाना, यातायात, बीमा आदिमा धेरै खर्च लाग्छ। आम्दानीभन्दा खर्च बढी हुँदा ऋणमा पर्ने सम्भावना हुन्छ ।
७) शोषणको डर
केही नियोक्ताहरूले विदेशी विद्यार्थीलाई कम तलब, बिना तलब ओभरटाइम वा अन्य प्रकारले शोषण गर्ने सम्भावना हुन्छ। कानुनी जानकारीको अभावले धेरैलाई ठगिने जोखिम हुन्छ ।