पछिल्लो समय युरोप जाने नेपाली विद्यार्थीको सङ्ख्या बढ्दै गएको छ । अमेरिका, क्यानडा, अस्ट्रेलिया र बेलायत जस्ता नेपाली विद्यार्थीहरूको परम्परागत शैक्षिक गन्तव्यहरूले कडाइ गर्दै लगेपछि नेपाली विद्यार्थीको रोजाई युरोपतिर मोडिएको हो । यस्तोमा, युरोप जाने नेपाली विद्यार्थीले युरोप बारे के कस्ता कुराबारे बुझ्न आवश्यक छ । कस्ता सीप सिकेर गएको खण्डमा त्यहाँ काम पाउन सहज हुन्छ ? प्रस्तुत छ नेपाली विद्यार्थीलाई वेदान्त कन्सल्टेन्टका सिइओ सरोज ढुंगानाका सुझावहरू ।